तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २८ मंसिर २०८०, बिहीबार १२:४५
Buddha Eyes

सबै नीतिको मूल नीति राजनीति ! व्यवस्थामध्येको उत्कृष्ट लोकतान्त्रिक व्यवस्था, तर यो व्यवस्था ल्याउन जीवन समर्पण गर्ने नेताको अवस्था उत्कृष्ट, जनताको कन्तबिजोग ! नेता भने सत्ता र चुनाउ भनेपछि मरिहत्ते ! निर्वाचन आउन चार वर्षअगाडि नै दल र नेतालाई मिसन ८४ को भूतले तर्साउन थालेको छ । एमाले नेतृत्वको समृद्धि यात्रामा समयको ख्याल नहुँदा जनतालाई सास्ती आयोजकको कन्तबिजोग ! सत्ताबाहिर हुँदा त अध्यक्ष ओली बा’ले नुवाकोटेलाई सताए, सत्तामा पुगेपछि कति सताउलान् कमरेड मैनालीले बुझुन् !