तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ५ पुष २०८०, बिहीबार १२:२३
Buddha Eyes

सत्ता बाहिरका दल मिसन ८४ रटानमा ! प्रमुख सत्ताघटक काङ्ग्रेस भने गुट–उपगुटको मलजलमा व्यस्त ! नुवाकोट काङ्ग्रेसको जिल्ला सम्मेलनमा भएको गाईजात्राले काङ्ग्रेस अब नसुध्रिने भो भन्नेमा कार्यकर्ता र मतदाता ढुक्क । जिल्ला आएका सभापति देउवा, वरिष्ठ नेता शेखरदेखि प्रवक्ता प्रकाशशरण, केन्द्रीय सदस्यद्वय अर्जुन र बहादुरको जुहारीमै उद्घाटन सत्रको समय स्वाहा ! गठबन्धन नभएको भए काङ्ग्रेस ध्वस्त हुने, नुवाकोटे प्रकाश र बहादुरजी भुत्राको मन्त्री हुन्थे, यो अवस्थालाई फलिफाप ठान्न देउवाले जोड दिएपछि काङ्ग्रेस प्रवेश गर्न केही दिनदेखि तयारीमा रहेका योगेन्द्र र कृष्णलाई दुप्चेश्वर महादेवको सराप भन्दै जगदीश्वरदादा खुचिङ गर्दै भैरवीको दर्शन गर्न शेखर लिएर टाप कस्दा रमेश सर ट्वाँ !