तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १२ पुष २०८०, बिहीबार १२:२३
Buddha Eyes

आर्थिक मन्दीले देश थिलथिलो भए पनि हाम्रा नेता र तीन तहका सरकार प्रमुख भने समृद्धिको सपना बाँड्नै व्यस्त ! समृद्ध हुनका लागि त आर्थिक गतिविधि चल्नुप¥यो नि ! आर्थिक गतिविधि चले पनि नचले पनि पालिकाको लाखौँ बजेट चलेपछि बेलकोटगढी र लिखुका जनप्रतिनिधिलाई भ्याइनभ्याई ! व्यवसायी सङ्घ–संस्थाले गर्ने मेला, महोत्सव पालिकाले गर्न थालेपछि व्यापारीहरू जनप्रतिनिधि बन्नु पर्दोरहेछ भन्दै ¥याल चुहाउँदै ! सुशासन र नागरिकको सेवाका लागि खट्नुपर्ने सरकार मेला, महोत्सवमा तँछाड–मछाड गर्दै अल्मलिँदा विकास बजेट खर्चमा सास्ती । बिनातयारी लहडमा गरेको मेलाले बेलकोटगढी र लिखुको कार्यपालिकामा खैलाबैला ! पालिकाको लगानीबाट सम्पन्न मेलाका आयोजक नाफामा महोत्सव घाटामा हुँदा स्वीकृति दिने स्थानीय प्रशासनलाई हिसाब विवरण खोज्न सास्ती ।