तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १९ पुष २०८०, बिहीबार ११:५०
Buddha Eyes

जनप्रतिनिधिले आफ्नो कद आफैँले घटाइरहँदा सङ्घीयता कार्यान्वयनमा सकस ! नुवाकोटका जनप्रतिनिधि दरबारलगायतका सम्पदा भूकम्पले ध्वस्त पारेको आठ वर्षसम्म पनि हामी बनाउँछौँ भन्न नसक्ने अहिले नागरिक जुर्मुराउन थालेपछि सलबलाएका छन् । गत हप्ता दरबार पुनर्निर्माणको जिम्मा लिएका चाइनिजलाई झकझकाउन जिल्ला नै खाली गरेर समन्वय प्रमुखको नेतृत्वमा विदुरका मेयरसहितको हुलको राजदूत भेट्ने योजना स्वाहा ! तामझामका साथ ध्यानाकर्षणपत्र बोकेर राजदूतावास पुगेका जनप्रतिनिधि कन्सुलरलाई नमस्ते गरेर लुरुक्क फर्केपछि नागरिक समाजलाई हाइसञ्चो……….खुच्चिङ !