+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली अर्थतन्त्र कता जाँदै छ ?

नेपाली अर्थतन्त्र कता जाँदै छ ?
त्रिशूली प्रवाह
२ साल अगाडी

ठूलाको चाकरी गर्ने बानी छाडेर स्वावलम्बी बन्ने शिक्षा अहिलेको आवश्यकता हो । ०४६ सालको परिवर्तनभन्दा अघि हामी नुन, मट्टीतेल र केही अंश मसला मात्र किनेर अन्य वस्तु आफैँ उत्पादन गर्ने र केही कमी हुनेले जिन्सी नै साटासाट गरेर सम्पूर्ण ग्रामीण क्षेत्रका जनताले सोही अनुकूल निर्वाह गर्थे । त्यतिबेला परनिर्भरताबाट देशलाई जोगाइराखेर अदृश्य रूपमै नेपाल स्वावलम्बी थियो । १९९२ सालमा म जन्मँदा मेरो टाउकोमा अथवा मेरो देशमा विदेशी ऋण थिएन रे । म जान्ने हुँदा हाम्रा कृषि उत्पादन निर्यात भएका इतिहास छन् । १९९० सालको महाभूकम्पमा क्षत–विक्षत भएको राजधानीदेखि तराई, पहाडसम्मको पुनर्निर्माण हुँदा पनि हामी स्वाभिमानी र ऋणमुक्त थियौँ ।

Utsuk Books & Stationery

आज दुःखका साथ लेख्नैपर्छ, भन्नैपर्छ, बोल्नैपर्छ केही वर्षदेखि नेपालमा गुन्द्रुक र जनैजस्ता सजिलै हामीले उत्पादन गर्ने वस्तुसमेत चीनबाटै आयात गरेर परनिर्भरता बढाइरहेका छौँ । थोरै मिहिनेत गरेर उत्पादन गर्न सकिने मालवस्तुमा विदेशीको आस गर्नु, परनिर्भर भएको खबर सुन्न र पढ्नुपर्दा जीवनको उत्तरार्धमा रुँदैरुँदै आफूले आफँलाई प्रश्न गर्दै सरकारलाई सोध्न मन लाग्छ – हामीहरू अल्छी भएका हौँ कि धनी भएका छौँ त ? के पैसा छ भन्दैमा जहाँ पनि जेमा पनि खर्च गर्ने हो र ? त्यो पैसा कसरी के गरेर केबाट र कहाँबाट आउँछ ? या त कसले किन दियो ? त्यो पैसा लिँदा के-के हुन सक्ला आदि धेरै प्रश्नहरू छन्, त्यसको जवाफ सरकार सञ्चालक र सत्ताका ठेकेदारहरूले दिनुपर्छ कि ? तराईमा एउटा उखान छ….. मुफतमा मिलितो नउमन तौलाई ?

आज विश्वबजार अर्थतन्त्रले जिरोबाट उठेका देश आपसी उत्पादन, साटफेर गर्ने सम्झौताबाटै (जी–७) हुँदै विश्वको बजारलाई आफ्नै डलरको पिँजरामा राख्न सफल भइरहेको अमेरिकालाई नै उछिन्नका लागि ब्राजिल, चीन, रुस, भारत, दक्षिण अफ्रिकीसमेत मिलेर (ब्रिक्सको) गठन गरेर आ–आफ्नै मुद्रामा आ–आफ्ना उत्पादन निर्यात गराएर (डलरका खेतबारीमा) आ–आफ्नै आर्थिक मल हालेर विश्वलाई लडाएर ठालु बनेका व्यापारलाई चुनौती दिने र अब हतियारको लडाइँ होइन, आपसी भाइचाराको माध्यमबाटै बहुजन हिताय, बहुजन सुखायको अनुशरण गर्दै छन् । दुःख लाग्छ, लेख्नैपर्छ हाम्रा नेताचाहिँ असंलग्न परराष्ट्र नीतिलाई नै बिर्सेर सात समुद्रपारिको युक्रेनी पक्षमा वक्तव्य दिन दौडेर के पाए त ? विश्वकै तेस्रो अर्थतन्त्र भएको छिमेकी भारतलाई उछिनेर के गर्न खोजेको ? बेलैमा चेतना भया !

वयोवृद्ध रामहरि बाजे
विदुर– ४ नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह