पौषकृष्ण औँसी र गयाश्राद्धको धार्मिक महत्व

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८०, बिहीबार १३:३९
  • आचार्य वासुदेव उपाध्याय नेपाल

प्रेतं, पितृंश्च निर्दिश्य भोज्यं यत्प्रियमात्मनः।
श्रद्धया दीयते यत्र तच्छ्राद्धं परिकीर्तितम् ।।’

प्रेतलाई अथवा पितृलाई उद्देश्य गरेर आफूलाई प्रिय लाग्ने हविष्य भोजन श्रद्धापूर्वक अर्पण गर्नुलाई नै श्राद्ध भनिन्छ । प्रत्येक औँसीमा दर्शश्राद्ध गर्ने विधान छ । तैपनि हाम्रा समाजमा विशेष गरी भाद्रकृष्ण औँसीमा र पौषकृष्ण औँसीमा तीर्थश्राद्ध गर्ने परम्मरा प्रचलित छ । पितृतृप्तिका लागि धेरै प्रसिद्ध तीर्थमध्ये गयाक्षेत्र प्रसिद्ध तीर्थ मानिएको छ । जुनसुकै तीर्थमा श्राद्ध गरे पनि यदि गयाश्राद्ध गरिएको छैन भने पितृलाई पूर्णतृप्ति हुँदैन भन्ने शास्त्रमा उल्लेख छ ।

‘जीवतो वाक्यकरणात् क्षयाहे भूरिभोजनात् ।
गयायां पिण्डदानाच्च त्रिभिः पुत्रस्य पुत्रता ।।’
अर्थात् जीवित अवस्थामा बाबु–आमाले भनेको कार्य गर्ने, मृत्युपछि श्राद्धमा धेरै ब्राह्मण तथा बन्धु–बान्धवलाई भोजन गराउनाले र गयामा श्राद्ध गर्नाले पुत्रको पुत्रत्व सिद्ध हुन्छ, अर्थात् सच्चा छोरो ठहर्छ भनिएको छ । त्यसैले त्यस दिन सम्भव भए भारतको गयातीर्थमा, नभए नेपालको विष्णुपादुका, गोकर्ण, देवघाट, बराहक्षेत्र, रुरुक्षेत्र, मुक्ति क्षेत्रको कागबेनी वा कुनै पनि तीर्थस्थानमा पितृलाई उद्देश्य गरेर श्राद्ध, तर्पण, सिदादान, ब्राह्मण भोजन गराउने गरेमा पितृ तृप्त हुन्छन् भन्ने शास्त्रमा उल्लेख छ । तीर्थ जान सम्भव नहुँदा घरैमा यथाशक्ति श्राद्ध, तर्पण, सिदादान, ब्राह्मण भोजन आदि गराउने गर्दा पनि पितृ तृप्त हुन्छन् । श्राद्ध गर्दा केवल आफ्ना पितृ मात्र तृप्त हुने होइन, अन्य सम्पूर्ण जीवहरूको पनि तृप्ति हुन्छ, भनिएको पनि छ –

‘आब्रह्मस्तम्बपर्यन्तंदेवर्षिपितृमानवाः ।
तृप्यन्तु पितरः सर्वे मातृमातामहादयः ।
पितृवंशे मृता ये च मातृवंशे तथैव च ।
गुरुश्वशुरबन्धूनां ये चान्ये बान्धवा मृताः ।
ये क्बान्धबा बान्धवा वा येक् न्यजन्मनि बान्धवाः ।
ते सर्वे तृप्तिमायान्तु मद्दत्तेनाम्बुनाक् खिलाः ।।
देवासुरास्तथा यक्षा नागा गन्धर्वराक्षसाः ।
पिशाचा गुह्यकाः सिद्धाः कूष्माण्डास्तरवः खगाः ।।
जलेचरा भूमिचरा वाय्वाहाराश्च जन्तवः ।
ते सर्वे तृप्तिमायान्तु मद्दत्तेनाक्म्बुनाक्खिलाः ।।
नरकेषु समस्तेषु यातनासु च ये स्थिताः ।
तेषामाप्यायनायैतद् दीयते सलिलं मया ।।
अतीत कुलकोटीनां सप्तद्वीप निवासिनाम् । आब्रह्मभुवनाल्लोकानिदमस्तु तिलोदकम् ।
यत्र क्वचनसंस्थानां क्षुत्तृष्णोपहतात्मनाम् ।
इदमक्षय्यमेवास्तु मया दत्तं तिलोदकम् ।।
ये के चास्मत्कुले जाता अपुत्रा गोत्रिणो मृताः ।
ते पिबन्तु मया दत्तं वस्त्रनिष्पीडनोदकम् ।।’
झझआब्रह्मणो ये पितृवंशजाता
मातुस्तथा वंशभवा मदीयाः ।
वंशद्वये ये मम दासभूता
भृत्यस्तथा वा क्क्श्रितसेवकाश्च। ।
मित्राणि शिष्याः पशवश्च वृक्षाः ।
दृष्टाश्च स्पृष्टाश्च कृतोपकाराः।
जन्मान्तरे ये मम सङ्गताश्च
तेभ्यः स्वधा पिण्डमहं ददामि ।।
ये केचित् प्रेतरूपेण वर्तन्ते पितरो मम ।

ते सर्वे तृप्तिमायान्तु पिण्डदानेन शाश्वतीम् ।।
येक् बान्धवा बान्धवा वा येक्न्यजन्मनि बान्धवाः ।
तेभ्यः पिण्डो मया दत्तो ह्यक्षय्यमुपतिष्ठतु ।।
पितृवंशे मृता ये च मातृवंशे तथैव च ।
गुरुश्वसुरबन्धूनां येचान्ये बान्धवा मृताः ।।
ये मे कुले लुप्तपिण्डाः पुत्रदारविवर्जिताः ।
तेभ्यः पिण्डो मया दत्तो ह्यक्षय्यमुपतिष्ठतु ।।’
(विभिन्न श्राद्धपद्धतिः)
देवा मनुष्याः पशवो वयांसि
सिद्धाः सयक्षोरगदैत्यसङ्घाः ।
प्रेताः पिशाचास्तरवः समस्ता
ये चान्नमिच्छन्ति मया प्रदत्तम् ।।
पिपीलिकाः कीटपतङ्गकाद्या
बुभुक्षिताः कर्मनिबन्धबद्धाः ।
तेषां हि तृप्त्यर्थमिदं मयान्नं
तेभ्यो विसृष्टं सुखिनो भवन्तु ।।
(नित्यकर्म पूजाप्रकाश–१५४)
अर्थात् ब्रह्मादेखि लिएर किट पतङ्गसम्म पितृवंशमा वा मातृवंशमा भएका सबै पितृ, आफूमा आश्रित भृत्य, सेवक, मित्र, शिष्य, पशु, पक्षी, लतावृक्ष, यस जन्ममा वा पूर्वजन्ममा सङ्गत गरेका, देखिएका, भेटिएका जे–जति जीवजन्तु, देवता, मनुष्य, कमिला, किरा आदि स्नानवस्त्र निचोरेको जलले मात्रले पनि तृप्त हुने तथा विकार मात्रले तृप्त हुनेसमेत जोजो जीवजन्तु भोका वा तिर्खाएका छन्, ती सबैको तृप्तिका लागि मैले दिएको विकिरदान, पिण्डदान तथा तर्पण आदि श्राद्धकर्मद्वारा सबैको तृप्ति हवोस्, भनेर उदात्त भावनाले श्राद्ध कर्म गर्नुपर्दछ । यसरी श्राद्ध गर्दा ती सबै तृप्त हुन्छन् ।
श्राद्ध गर्दा के हुन्छ भने –

‘आयुः प्रजां धनं विद्यां स्वर्गमोक्षसुखानि च ।
प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः ।।’
अर्थात् यसरी श्राद्ध गर्दा पितृ श्राद्धकर्तालाई आयु, असल सन्तान, धनधान्य, सम्पत्ति, विद्या, राज्य, स्वर्गीय सुख र मोक्ष सुखसमेत दिन्छन् ।

‘पिता ददाति सत्पुत्रान् गोधनानि पितामहः ।
धनदाता भवेत् सो क्पि यस्तस्य प्रपितामहः ।।
दद्याद् विपुलमन्नाद्यं वृद्धस्तु प्रपितामहः ।
तृप्ताः श्राद्धेन ते सर्वे दत्वा पुत्रस्य वाञ्छितम् ।
गच्छन्ति धर्ममार्गैश्च धर्मराजस्य मन्दिरम् ।
तत्र धर्मसभायां ते तिष्ठन्ति परमादरात् ।।’
गरुडपुराण सारोद्धार : अड्ड– १३ श्लोक – २४, २५, २६
अर्थात् बाबुको, हजुरबाको र बुढा हजुरबाको श्राद्ध गर्दा पिताले असल र सद्गुणी सन्तति प्रदान गर्नुहुन्छ । पितामहले गौआदि विभिन्न धनधान्यादि सम्पत्ति प्रदान गर्नुहुन्छ । प्रपितामहले पनि सुनाचाँदी, जग्गा–जमिन आदि विशिष्ट सम्पत्ति प्रदान गर्नुहुन्छ । प्रौष्ठपदी श्राद्धका दिन प्रपितामहका पितृपिता महप्रपितामहको प्रौष्ठपदी श्राद्ध गरेमा वृद्धप्रपितामहादिले समेत अन्नपानादि आवश्यक धनसम्पत्ति प्रदान गर्नुहुन्छ भनिएको हुँदा सबै पितृको श्राद्ध यथासम्भव विधिपूर्वक र श्रद्धापूर्वक गर्नुपर्दछ । श्राद्धमा पितृलाई उद्देश्य गरेर दिइएका सिदा, भोजन, तर्पण गरिएका जल र पिण्डादि पितृलाई कसरी प्राप्त हुन्छन् भन्दा –

‘पुत्रादिभिःपितृमात्राद्युद्देशेन श्राद्धे क्रियमाणे नामगोत्रं मन्त्राश्च तान् पितृन् प्रापयन्ति ।’
झझनामगोत्रं पितृणां तु प्रापकं हव्यकव्ययोः ।
अग्निष्वात्तादयस्तेषामाधिपत्ये व्यवस्थिताः ।।
नाममन्त्रास्तदादेशा भवान्तरगतानपि ।
प्राणिनः प्रीणयन्त्येव तदाहारत्वमागतान् ।।
देवो यदि पिता जातः शुभकर्मानुयोगतः ।
तस्यान्नममृतं भूत्वा देवत्वेक्प्यनुगच्छति ।।
गान्धर्वे भोगरूपेण पशुत्वे च तृणं भवेत् ।
श्राद्धान्नं वायुरूपेण नागत्वे क्प्युपतिष्ठति ।।
पानं भवति यक्षत्वे राक्षसत्वे तथाक्क्मिषम् ।
दनुजत्वे तथा मद्यं प्रेतत्वे रुधिरोदकम् ।।
मनुष्यत्वे क्न्नपानादि नानाभोगकरं भवेत् ।।’
धर्मसिड्ड सुधा ७४८

छोरा, नाति आदिले बाबु, आमा, दाजु आदि कसैको पनि श्राद्धमा नाम, गोत्र र मन्त्र उच्चारण गरेर श्राद्ध गर्दा उसका पितृ वर्तमान समयमा जुन रूपमा रहेका छन् छोरा, नाति आदिले श्राद्धमा दिएका अन्नादि पितृका नाम गोत्र र मन्त्रका प्रभावले तिनका मुख्य–मुख्य भोजनका रूपमा परिणत भएर पितृलाई प्राप्त हुन्छन् । यदि पितृले राम्रा कर्म गरेर देवता भएका भए छोराले दिएको अन्नादि भोजन अमृत रूप भएर पितृलाई प्राप्त हुन्छन् । नराम्रा कर्मले पितृ यदि पशुयोनिमा प्राप्त भएका भए घाँसका रूपमा, सर्प भए वायुका रूपमा, राक्षस भए मासुका रूपमा, दनुज भए मादक पदार्थका रूपमा, प्रेत भए रगतका रूपमा र मनुष्य भएका भए दाल, भात आदि पितृले मन पराउने मुख्य भोजन भएर पितृलाई प्राप्त हुन्छ भनिएको हुँदा पनि पुत्रादिले पितृका नाममा श्राद्ध गर्नु मनुष्यको कर्तव्य हुन्छ । त्यसकारण मानिसले यस दिन यथाशक्ति श्राद्धकर्म अवश्य गर्नुपर्दछ । यसबाट आफ्नो कल्याण मात्र नभई विश्वमा रहेका सम्पूर्ण प्राणी समुदायको समेत कल्याण हुन्छ । त्यसकारण हामी पनि पौषकृष्ण अमावश्याका दिन श्रद्धापूर्वक श्राद्ध गरौँ, आफ्नो साथै अन्य सबैको पनि कल्याण हुन्छ ।
गयाश्राद्धका विषयमा आनन्दरायणमा वर्णित एउटा उपाख्यान यसप्रकार छ –

अघि त्रेतायुगमा भगवान् रामचन्द्र, सीता र लक्ष्मण गया श्राद्धका लागि गयाजीमा जानुभयो । त्यहाँ पुगेपछि राम र लक्ष्मण श्राद्धको सामग्री जुटाउन खोजीमा लाग्नुभयो भने सीताजी फल्गुनदीका किनारमा बसेर श्राद्धको तयारीसम्बन्धी केही काम गर्दै राम–लक्ष्मणको प्रतीक्षा गरेर रहनुभएको थियो । राम–लक्ष्मण फिर्न निकै ढिलो भयो । त्यसैबेला श्राद्धको मुख्य समय बित्न लागेको हुँदा स्वर्गीय राजा दशरथ सीताका समीपमा हात पसारेर सीताजीसँग मलाई पिण्ड देऊ भनेर हात थापेर माग्नुभयो । सीताजीलाई ज्यादै अप्ठ्यारो भयो । किनकि पिण्ड दिऊँ भने आफूसँग पिण्डको कुनै सामग्री छैन, सामग्री खोज्न गएका राम–लक्ष्मण आइपुगेका छैनन् । नदिऊँ भने सुसुराबाले मागिसक्नुभयो, अब कसरी खाली हात पठाउनु ? त्यसबेला सीताजीलाई अकस्मात् फल्गुनदीका बालुवा नै भए पनि पिण्ड दिनु¥यो भन्ने सद्बुद्धि आयो र बालुवाको पिण्ड बनाएर ससुराका हातमा पिण्डदान गर्नुभयो । त्यसको केही समयपछि राम–लक्ष्मण आइपुग्नुभयो । अनि सीताजीले भन्नुभयो– हेर्नोस् न आज श्राद्धको समय बित्न लागेको हुँदा ससुराबाले आएर मसँग पिण्ड देऊ भनेर हात थाप्नुभयो, मेरा साथमा श्राद्धको केही सामग्री नभएको र ससुराबालाई रित्तै हात बिदा गर्न पनि उचित नलागेर मैले बालुवाको पिण्ड बनाएर पिण्डदान गरेँ । त्यसपछि उहाँ खुसी भएर हाँस्दै जानुभयो । बिनासामग्री कसरी पिण्डदान हुन सक्छ भन्ने ठानेर रामजीलाई आश्चर्य लाग्यो । अनि रामले सीताजीलाई भन्नुभयो– के तिमीसँग पिण्डदान गरेको कुनै प्रमाण छ ? सीताजीले आफूले पिण्डदान गरेको साक्षी बाँकी दिन फल्गुनदीलाई, त्यसका नजिकै रहेकी एउटी गाईलाई, एकजना ब्राह्मणलाई र वटवृक्षलाई अनुरोध गर्नुभयो । तर, फल्गुनदी, गाई र ब्रह्मणले केही बोलेनन् र चुपचाप रहे । केवल वटवृक्षले मात्र सीताजीले पिण्डदान गरेको साक्षी बके । त्यसपछि सीताजीले सूर्यनारायणतिर हात जोडी नमस्कार गरेर आफूले पिण्डदान गरेको वा नगरेको स्पष्ट गरिदिन अनुरोध गर्नुभयो । सूर्यनारायणले सीताजीले पिण्डदान गरेको र स्वर्गीय राजा दशरथ तृप्त भएर गएको कुरा स्पष्ट पारिदिनुभयो । त्यसैबेला स्वर्गवासी राजा दशरथ दिव्य विमानमा सवार भई रामलाई अँगालो हालेर सीता बुहारीका हातबाट पिण्डदान पाएर आफू तृप्त भएको कुरा सहर्ष जानकारी गराउनुभयो । त्यसपछि सीताका हातबाट पिताजीलाई पिण्डदान भएको कुरामा राम विश्वस्त हुनुभयो । अन्त्यमा, दशरथले आफू तृप्त भए पनि पुत्रको कर्तव्य र लोकशिक्षाका लागि पनि रामलाई पुनः गयाश्राद्ध गर्नका लागि निर्देशन गर्दै यस प्रकारले भन्नुभयो–

‘प्राह त्वया तारितोक् हं नरकादतिदुस्तरात् ।
मैथिल्याः पिण्डदानेन जाता मे तृप्तिरुत्तमा ।।
तथापि लोकशिक्षार्थं गयाश्राद्धं त्वमाचर ।।’
(आनन्दरामायण)

हेर बाबु राम ! सबै कुरा आफ्ना लागि मात्रै गरिँदैन । तिमी राजा हौ । राजाले गरेका कुराबाट, ठूलाबडा मानिसले गरेका कुराबाट लोकलाई यस्तो गर्नुपर्दोरहेछ भन्ने शिक्षा प्राप्त हुन्छ र सर्वसाधारण मानिस सत्कर्ममा प्रवृत्त हुन्छन् । त्यसकारण पनि तिमीले गयाश्राद्ध गरेर लोकलाई शिक्षा र पुत्रको कर्तव्य पूरा गर भनेर स्वर्गीय दशरथ राजा स्वर्गलोकतर्फ फिरेका थिए । त्यसपछि राम–लक्ष्मणले पनि गयाश्राद्ध गरेका थिए । (यो आनन्द रामायणको उपाख्यान प्रध्यापक डाक्टर चेतनाथ आचार्यद्वारा सम्पादित ‘हाम्रा धार्मिक चाडपर्व’ नामक ग्रन्थबाट केही अंश साभार उद्धदरण गरिएको छ ।) त्यसकारण मनुष्यले दैनिक तर्पण, प्रत्येक औँसीमा र विशेष गरी पौषेऔँसीमा युगादिमा, मन्वादिमा सङ्क्रान्तिमा र पर्वपर्वमा श्राद्ध गर्नुपर्दछ । अझ गयामा श्राद्ध नगरीकन त पुत्रको कर्तव्य पूर्ण नै हुँदैन । पौषेऔँसीमा उत्तरगया भनेर प्रसिद्ध रहेको नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावती धाममा र गया एवम् विष्णुपादुकाको महात्म्य कश्यप प्रजापतिकी पत्नी अदितिका गर्भबाट विवस्वान् अर्थात् सूर्यदेवको उत्पत्ति भयो । सूर्यकी पत्नी संज्ञाका गर्भबाट वैवश्वत मनुको उत्पत्ति भयो । वैवश्वत मनुका सन्तान नहुँदा पुत्र प्राप्तिका लागि यज्ञ गर्दा मनुकी पत्नी श्रद्धालाई छोरी पाउने इच्छा भएर होतासँग मलाई छोरी पाउने मन छ भनिन् । होताले छोरी जन्मिने मन्त्र उच्चारण गरी चरु आहुती गर्दा इला नामकी छोरी भइन् । मनुले वशिष्ठ गुरुसँग कसरी यस्तो भयो ? भनी सोध्दा होताले विपरीत सङ्कल्प गर्दा यस्तो भएछ, तर म आफ्ना ब्रह्मतेजले छोरीलाई नै छोरो बनाइदिन्छु भनेर नारायणको उपासना गरी छोरो बनाएर सुद्युम्न भन्ने नाम राखे । सुद्युम्न ठूला भएपछि सेनाका साथमा घोडा चढेर सिकार खेल्न इला वृत वर्षका जङ्गलमा जाँदा ‘म शिव, कुमार र गणेशबाहेक यस जङ्गलमा जो पसे पनि स्त्रीजाति हवोस्’ भनी शिवजीले श्राप दिनुभएका स्थानमा पस्ता सिपाही र घोडासमेत राजकुमार सुद्युम्न स्त्री भए । स्त्री भएपछि इला नामले जङ्गलमा नै रहन लागे । त्यसैबेला कुलगुरु वशिष्ठको स्मरण गरेपछि वशिष्ठले शङ्करको उपासना गरी इलालाई पुरुष बनाउन वरदान मागे । शिवले एक महिना पुरुष र एक महिना स्त्री हुने वरदान दिनुभयो । पुरुष भएका बेला सुद्युम्नका उत्कल, गय र विमल नामका तीन छोरा भएका थिए । ती तीनमध्येका गयराजा बडा प्रतापी र धर्मात्मा थिए । यिनले फल्गु नदीका किनारमा एक सय अश्वमेघ यज्ञ गरेर यज्ञपुरुष पमात्मालाई प्रसन्न गराएका हुँदा यिनका नामबाट यो पुण्यक्षेत्र गया क्षेत्र भन्ने नामले प्रसिद्ध भएको हो भन्ने एउटा उपाख्यान छ ।

अर्काे एक उपाख्यानअनुसार प्राचीनकालमा गयासुर नामको एक विशाल शरीर भएको दानवले तपोबलद्वारा सम्पूर्ण देवतालाई वशमा गरेर तीनै लोकको राज्य गर्दथ्यो । देवतालाई अत्यन्त कष्ट दिएको हुँदा देवता डराएर विष्णुका शरणमा गए । विष्णुले पनि यस संकष्टको निवारणका लागि सर्वप्रथम ब्रह्माजीलाई आज्ञा दिनुभयो । ब्रह्माजीेले अब के गर्ने होला ? भनी विचार गरेर यज्ञ गर्नका लागि तपस्याद्वारा पवित्र भएको गयासुरको शरीर माग्नुभयो । त्यो कुरा गयासुरले सहर्ष स्वीकार ग¥यो । अनि गयासुर उत्तरतिर शिर र दक्षिणतिर पाउ गरी फल्गु नदीका किनारको भूमिमा सुत्यो । ब्रह्माजीले उसका शरीरमाथि यज्ञअनुष्ठान आरम्भ गर्नुभयो । तर, उसको शरीर स्थिर भएन । ब्रह्माजीले केही समय धैर्य गर्न आग्रह गर्नुभयो । त्यसैबेला सबै तीर्थ आफ्ना मूर्ति रूप धारण गरी त्यसमाथि बसेर उसलाई नियन्त्रण गरी देवताको अभीष्ट सिद्ध गर्नका लागि प्रयास गर्दा पनि नियन्त्रण गर्न सकेनन् । कसै गर्दा पनि नियन्त्रण हुने नदेखेपछि देवताले भगवान् विष्णुको आराधना गरे । देवताको आराधनाबाट प्रसन्न भएका गदाधर विष्णु आएर उसका छातीमा राखेपछि गयासुर नियन्त्रित भयो । उसका शरीरमाथि सयौँ वर्षसम्म यज्ञानुष्ठान गर्दा पनि गयासुरलाई कुनै पीडा भएन । बरु ऊ अत्यन्त पवित्र र तेजस्वी भयो । अनि भगवान् विष्णु सन्तुष्ट भएर गयासुरलाई वर माग भन्दा उसले हजुरका यस पादाङ्कित शिलामा चन्द्रसूर्य रहेसम्म सम्पूर्ण देवताहरूको वास हवोस् र यो क्षेत्र मेरा नामले प्रसिद्ध हवोस् भनी वर माग्दा तथास्तु भनी वरदान दिनुभयो भन्नुभयो ।
‘पञ्चक्रोशं गयाक्षेत्रं क्रोशमेकं गयाशिरः ।
तन्मध्ये सर्वतीर्थानि प्रयच्छन्तु हितं नृणाम् ।।
(वायुपुड्ड) उत्तरभाग ४४/६५
पाँच कोस फैलिएको गयाक्षेत्र छ र यसको शिर एक कोस फैलिएको छ । यसका बीचमा सबै तीर्थ रहेका छन् । जसले मानव मात्रको कल्याण गर्नेछन् । गयराजाका नामले होस् वा गयासुरका नामले होस्, यो क्षेत्र गयाक्षेत्र नामले प्रसिद्ध छ । गदाधर भगवान्ले भन्नुभएको छ– यस क्षेत्रमा मनुष्य आएर स्नान, दान, तर्पण, पिण्डदान आदि गरी मेरा पाउको चिह्न भएका स्थानमा अर्थात् विष्णुपादुकामा समेत पिण्डदानादि श्राद्ध गर्दा २१ कुलसम्मका पितृको उद्धार हुनेछ, साथै मेरा पाउअङ्कित शिला विष्णुपादुका स्थापना गरी वा घरमै लगी त्यसमाथि पिण्डदान आदि श्राद्ध गरेमा समेत पितृको मोक्ष हुनेछ भन्ने वरदान दिनुभयो । त्यसैकारण यो क्षेत्र गया नामले प्रसिद्ध भएको हो । जो मानिस पितृतीर्थ रूप यस गया क्षेत्रमा आएर पितृका उद्देश्यले स्नान, दान, तर्पण, पिण्डदान आदि गरेर श्राद्ध अर्पण गर्दछन्, श्राद्ध गर्दछन् भने तिनका पितृ दुर्गतिमा परेका भए पनि समस्त पितृको उद्धार हुनेछ, मुक्ति हुन्छ श्राद्धकर्ताले पनि यस लोकमा धनधान्य, ऐश्वर्य, सत्पुत्र पौत्रादि प्राप्त गरी सुख सौभाग्यको उपभोग गरेर परलोकमा मोक्षसमेत प्राप्त गरी परम् कल्याण प्राप्त गर्नेछन् ।
‘एष्टव्या बहवः पुत्रा यद्येको४ पि गयां व्रजेत् ।

गौरीं विवाहयेत् कन्यां नीलं वा वृषमुत्सृजेत् ।’ गरुड पुड्डप्रेतकल्प सारोद्ध र १२/३१ धेरै छोरा जन्माउनु त्यसमध्ये एउटा छोराले मात्रै भए पनि गयाश्राद्ध गरोस्, अथवा गौरी कन्या कन्यादान गरोस् वा नीलवृषोत्सर्ग गरोस्, भनी स्वर्ग गएका पितृ पनि आशा गर्छन् भन्ने आदि गया माहत्म्य सूचक वचन अन्य पुराणमा पनि पाइन्छन् । ॐ पितृभ्यो नमः। ॐ हरये नमः।।

वि.न.पा.–५, द्वारपाल, देवीघाट, नुवाकोट)

nepalbasudev98@gmail.com