मोतियाविन्दुको निःशुल्क शिविर सम्पन्न

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १२:१३

विदुर, लायन्स सेवा केन्द्र बागटार कोलनी, लायन्स क्लब नुवाकोट त्रिशूली र विदुर नगरपालिका–८ को कार्यालयको संयुक्त आयोजनामा निःशुल्क मोतियाविन्दु शिविर सम्पन्न भएको छ ।

शिविरमा सात सय ३० जना बिरामीको आँखा परीक्षण गरेर पाँच सयजनालाई चस्मा र औषधि वितरण गरेको लायन्स सेवा केन्द्रका अध्यक्ष श्रीकृष्ण रिजालले बताए । शिविरमा आँखा परीक्षण भएकामध्ये ३४ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको उनले जानकारी दिए । नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले उद्घाटन र विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले समापन गरेको शिविरमा शिक्षण अस्पताल महाराजगञ्जका आँखा रोग विशेषज्ञ डा. प्रताप कार्कीको टोलीले चेकजाँच र शल्यक्रिया गरेको थियो । विगतमा पनि लायन्स सेवा केन्द्र बागटार, कोलनी र लायन्स क्लब नुवाकोट त्रिशूलीले आँखा चेकजाँच शिविर र शल्यक्रिया नुवाकोटको विभिन्न भागमा गरेको थियो ।