+
Search

ताजा अपडेट +

पपुलर +

खोलेगाउँ पर्यटन महोत्सवले स्थानीय उत्पादनको प्रवद्धन

खोलेगाउँ पर्यटन महोत्सवले स्थानीय उत्पादनको प्रवद्धन
त्रिशूली प्रवाह
२ साल अगाडी

शिवपुरी, नुवाकोटको शिवपुरी गाउँपालिका–६ खोलेगाउँमा महोत्सव सम्पन्न भएको छ । महोत्सवले स्थानीय सीप र कृषि उत्पादनको प्रवद्धन भएको छ । महोत्सव पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुस २९ गते सुरु भई माघ १ गते सम्पन्न भएको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

शिवपुरी गाउँपालिका–६ ले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि गरिएको खोलेगाउँ महोत्सवको उद्घाटन शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले र समापन टोखा नगरपालिकाका मेयर प्रकाशकुमार अधिकारीले गरेका थिए । काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर–१ र टोखा नगरपालिकाको वडा नम्बर–१ सँग सीमा जोडिएको शिवपुरी गाउँपालिका वडा नम्बर– ६ ले गरेको महोत्सवको सङ्घीय सरकारका अर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेपाली काङ्ग्रेस नुवाकोटका सभापति एवम् बागमती प्रदेश सांसद रमेशकुमार महत, ग्रिनसिटी अस्पताल काठमाडौंका सञ्चालक लोकबहादुर टण्डन, नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् बागमती प्रदेश सभाका पूर्वसांसद बद्री मैनालीलगायतले अवलोकन गरेका थिए । शिवपुरी गाउँपालिकाको हालको वडा नम्बर–६ विगतको समुन्द्रादेवी गाविस खोलेगाउँ नामले परिचित छ । खोलेगाउँको शमशेरचोकमा सम्पन्न महोत्सवमा स्थानीय मह, घ्यू, डोको, नाम्लो, बेसार, भोगटे, दुना/टपरीलगायतका स्थानीय उत्पादन र स्थानीय खानाका परिकारका २० वटा स्टल राखिएको थियो । महोत्सवमा स्थानीय महिलाले स्टलमै बसेर टपरी गाँस्ने, गुन्द्री बुन्ने, बत्ती कात्ने, धुप बाटेको दृश्य अवलोकनकर्ताका लागि आकर्षण बनेको आयोजक ६ नम्बर वडाका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । पर्यटन प्रवद्र्धन स्थानीय उत्पादनको बढोत्तरीका लागि आयोजित महोत्सवमा नुवाकोटमा जन्मिएर काठमाडौं बसोवास गर्दै आएका र अन्य जिल्लाका पर्यटकको महोत्सवमा सहभागिता रहेको उनले बताए । स्थानीय बजार प्रवद्र्धनमा सहयोग गर्न आह्वान गरिएको महोत्सवमा स्टल राख्नेलाई प्रोत्साहनस्वरूप दुई सयदेखि एक हजार रुपैयाँसम्म प्रदान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा स्थानीय परिकारका साथमा खैँजेडी भजन, घाँसेगीत, काठे र ठाडोभाकाका गीतको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रमसमेत भएको थियो । रैथाने उत्पादनको बजारीकरणका साथमा पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य पूरा भएको वडाध्यक्ष श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

Suzuki New Bike & Scooter

वडाले महोत्सवपछि स्थानीय उत्पादन कोदोको रक्सी, बेसार, गुन्द्रुक, घ्यू, महको लेवल टाँसेर बिक्री प्रवद्र्धन गर्ने योजना बनाएको छ । महोत्सवस्थल काठमाडौंको सामाखुसीबाट २० किलोमिटर दूरीमा रहेकाले र काठमाडौंबाट महोत्सव अवलोकन गर्न आउनेलाई सहज भएको थियो । महोत्सवमा आएकाहरूले स्टलको अवलोकनसँगै नजिकै रहेको समुन्द्रादेवी मन्दिर, लप्से झरनालगायतका अन्य पर्यटकीयस्थलको समेत भ्रमण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह