विदुर । नुवाकोटबाट प्रकाशन हुँदै आएको ‘त्रिशूली प्रवाह साप्ताहिक’ प्रेस काउन्सिल नेपालको पछिल्लो वर्गीकरणमा ‘क’ वर्गमा पर्न सफल भएको छ । ‘पश्चिम १ नं’ मा नै ‘क’ वर्गमा परेको यस साप्ताहिक वि.सं. २०५७ देखि प्रकाशन हुँदै आइरहेको छ । रसुवा, नुवाकोट र धादिङबाट प्रकाशित हुँदै आएका पत्रिकामध्ये ‘त्रिशूली प्रवाह’ विसं २०६० देखि ‘क’ वर्गीकरणमा परिरहेको छ ।
काउन्सिलले हरेक वर्ष पत्रिकाको गुणस्तर, प्रकाशित सङ्ख्या, नियमितताजस्ता आधार समेटेर नेपालभरका पत्रपत्रिकाको वर्गीकरण गर्दै आएको छ । सोहीअनुसार नै सूचना विभागले हरेक वर्ष पत्रपत्रिकालाई न्यूनतम अनुदान प्रदान गर्दै आइरहेको छ । काउन्सिलले गत बिहीबार प्रकाशन गरेको नतिजानुसार नुवाकोटबाट प्रकाशन हुँदै आएका ‘नुवाकोट पुकार’, ‘त्रिशूली खबर’, ‘नुवाकोट सन्देश’ र ‘इमेज’ साप्ताहिक तथा ‘महामण्डल’ र ‘रूपायन’ त्रैमासिक साहित्यिक पत्रिका भने सबै ‘ख’ वर्गमा परेका छन् ।






प्रतिक्रिया