+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ महिना अगाडी

हेरी, दुई ठुला पार्टीले राज्यसत्तामा साढे तीन दशक एकछत्र रजगज गरी राजाको स्थान कब्जा गरेको थाहा नपाउने को पो होलान् र हँ ! अनि रुख र घामका घनटाउके महाधिवेशनबाट विस्थापन हुने डरले फागुन २१ को चुनाउकै विरोध गरिराछन् भन्नलाई पनि कुनै अप्ठ्यारो मान्नुपर्दैन नि हेरी । झेली आन्दोलनले सबैतिर परिवर्तनको भोग जगाउन खोजे नि टाउकेका खोपडीमा पुर्याउन नसकेसि तन्नेरी पुुस्तालाई लालसलाम, जयनेपाल नै छ है ! हेरी, न्वाँकोटका महत र रिमालले देउवा र ओलीलाई देशी-विदेशी खड्यन्त्रले भदौ २३ र २४ आएको भनी पढाएको पाठ अहिलेसम्म कण्ठ पारेको पार्यौ छन्, हेरी । दलले विदुरको पानी समितिमा उठाएको सबै उम्मेदवार विजय हुँदा उपाध्यक्ष र सचिव हरिबिजोग पाराले पराजित भएसि स्वतन्त्र भन्नेको नाक घिरौँला जत्रो हुनु र स्वतन्त्र शब्दको जानी-नजानी कपी गर्ने समूह हौसिनु कागताली पो हो कि ? हेरी, प्रचन्न कमरेटको ‘जता बेल पाक्यो चरी उतै नाच्यो’ प्रवृत्तिले पनि माओ विचार र जनयुद्धको उपलब्धि छरप्रस्ट भाको हेरिनसक्नु पो छ गाँठे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह