+
Search

ताजा अपडेट +

पपुलर +

१३ जिल्लामा ‘रैथाने खाना महोत्सव’ हुँदै

१३ जिल्लामा ‘रैथाने खाना महोत्सव’ हुँदै
त्रिशूली प्रवाह
१० महिना अगाडी

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेशले प्रदेशभित्रका १३ वटै जिल्लामा रैथाने खाना महोत्सव गर्ने घोषणा गरेको छ । अघिल्लो बुधबार काठमाडौँमा सम्पन्न सङ्घको तेस्रो पूर्ण बैठकले प्रदेशअन्तर्गतका १३ वटै जिल्लामा व्यावसायिक होटेल सञ्चालन तथा आतिथ्य सत्कारसम्बन्धी तालिम तथा रैथाने खाना महोत्सव आयोजना गरिने निर्णय गरेको उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

कार्यक्रम प्रत्येक जिल्लामा जिल्लास्थित सङ्घको नेतृत्वमा गर्ने र बागमती प्रदेश सङ्घले आवश्यक सहयोग र सहजीकरण गर्ने बताइएको छ । बैठकले प्रदेशअन्तर्गत रहेका १३ वटै जिल्लामा सम्बन्धित जिल्ला सङ्घहरूको आयोजनामा रैथाने फुड फेस्टिभल आयोजना गर्ने, व्यवसायी र प्रतिष्ठानमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि आतिथ्यता व्यवस्थापन तालिम र डिजिटल क्षमता अभिवृद्धि तालिम आयोजना गर्नेलगायतका निर्णय गरेको छ । साथै, बैठकले सबै जिल्ला सङ्घहरूलाई प्रविधिमैत्री बनाएर जिल्लाभित्रका पर्यटकीय, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक आदि सम्पदाको आन्तरिक तथा बाह्य रूपमा प्रचारप्रसार एवम् प्रवद्र्धन गर्ने उद्देश्यका साथ सबै जिल्ला सङ्घहरूका आ-आफ्ना वेबसाइट निर्माण गर्ने निर्णय पनि गरेको सङ्घका अध्यक्ष दामोदर नेपालले जानकारी दिनुभयो । होटेल व्यवसायीका आमसमस्याको पहिचान र निक्र्योल गरी ती समस्या समाधानका लागि सरोकारवाला निकायसँग छलफल, अन्तक्र्रिया गर्ने र नीतिगत अस्पष्टताका कारण व्यवसायीले भोग्नुपरेका कठिनाइको निराकरणका लागि सम्बन्धित निकायमा नीतिगत सुधारको पहलकदमी गर्ने पनि निर्णय गरेको अध्यक्ष नेपालले बताउनुभयो । बैठकले सङ्घको छैटौँ वार्षिक साधारणसभा आगामी पुस २७ गते गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह