तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १५:४०
Buddha Eyes

‘जो चोर उसकै ठूलो स्वर’ भनेझैँ विधि, थिति र पद्धतिलाई दलका नेत, सरकारका मन्त्रीदेखि कर्मचारीका उच्च ओहदामा रहेकाले धोती लगाउँदा देश हरिकंगाल ! खेल क्षेत्र अनुशासित, मर्यादित र व्यवस्थित हुन्छ भन्थे, विदुर मेयर कप फुटबलमा आयोजकको दादागिरीले उदङ्गो ! मै खाउँ, मै लाउँ सुख, सयल मै मात्र गरूँ भन्ने प्रवृत्ति हाबी हुँदा आयोजकले जसरी पनि जित्न खोजेपछि म्यागङको गोलले ट्वाँ ! नगरको गाईजात्रे व्यवस्थापनलाई माथ गर्ने गरी जिल्लाकै पुरानो विद्यालय त्रित्रि माविमा स्मारिका प्रकाशनको बिलले व्यवस्थापन समितिलाई अख्तियारमा निम्तो ! एक–डेढ लाखमा प्रकाशन हुने स्मारिका अध्यक्ष प्रधानले जिम्मा लिँदा तीन लाखको बिल भुक्तानी गर्न विद्यालय बाध्य । विद्यालयले खरिद गर्ने सामान र लिने सेवा प्रतिस्पर्धा नगरी हुकुमी निर्देशनको तजबिजले विद्यालय घाटामा, सञ्चालक समितिका अध्यक्ष नाफामा !