तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १३:०९
Buddha Eyes

नेपालमा सत्तागठबन्धन नै सङ्घीय व्यवस्था टिकाउने धरोहर ! नेताको मुडअनुसार देशको व्यवस्था सञ्चालन हुन थालेपछि दल असफल सङ्घीयता डामाडोल ! केन्द्रीय सत्तागठबन्धन परिवर्तनले प्रदेशदेखि स्थानीय सत्ता डगमगाउन थालेपछि नुवाकोटको पालिकामा हल्ली–चल्ली ! अपवित्र गठबन्धनबाट जनताको अभिमत सर–सापट गर्दै गत ०७९ मा स्थानीय सत्तामा पुगेको काङ्ग्रेस र माओवादीका निर्वाचित जनप्रतिनिधि पानी बाराबारको अवस्थामा । उनीहरू नमस्कार फर्काउन र हात मिलाउन अप्ठेरो महसुस गर्दा विकास निर्माणको काम त कुन चराको नाम हुने भो । स्थानीय तहमा निर्वाचित हुँदा गरेको प्रतिबद्धता र संयुक्त घोषणापत्र घामले सेकिएपछि कार्यपालिका बोर्डमै अल्पमत र बहुमतको गणनाले बजेट फ्रिज हुने चिन्तामा कर्मचारी ।