फागुन, चैतमा फुल्नुपर्ने लालीगुराँस फागुनमै झर्न थाल्यो

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १४:२२
  • सरस्वती न्यौपाने

धुन्चे, नेपालको राष्ट्रिय फूल भनेर चिनिने लालीगुराँस जलवायु परिवर्तनको असरले समय नपुग्दै फुल्ने र ओइलाउने क्रम बढिरहेको छ । हिमाली जिल्ला रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने लालीगुराँस फागुनदेखि कोपिला लागेर चैत, वैशाखमा लटरम्म फुल्नुपर्नेमा यस वर्ष जलवायु परिवर्तनको प्रभावले गर्दा फागुनमै फुलेर चैत नलाग्दै झर्न थालेको छ ।

यसपटक न पानी न हिउँ पर्याप्त पर्यो त्यसले गर्दा चाँडै नै गर्मी बढ्दा अन्य वर्षको तुलनामा यस वर्ष पुसमा नै फुलेको लालीगुराँस राम्रोसँग फुल्न पाएन र फागुनमा नै ओइलिएर झर्न थालेको स्थानीय बताउँछन् । जैविक विविधताका लागि निकै महत्वपूर्ण मानिएको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म विभिन्न प्रजातिका फूल पाइन्छन् । पासाङल्हामु राजमार्गको छेउछाउका जङ्गलमा चैत, वैशाखमा लटरम्म लालीगुराँस फूल फुल्थ्यो । सदरमुकाम धुन्चे आसपासमा रहेको जङ्गलमा पनि यस वर्ष चाँडै लालीगुराँस सुकेर ओइलिएको छ । लालीगुराँस टिपेर मञ्च तथा मन्दिर सजाउने, पूजा गर्ने बालबालिकाले बेच्ने तथा केहीले स्वादिष्ट सर्वत बनाएर बिक्री गर्ने गरेका छन् । नेपालमा पाइनेमध्ये १२ प्रजाति र रसुवामा मात्र पाइने रैथाने दुई जाति गरी १४ प्रजातिका गुराँस रसुवामा पाइन्छन् । यस वर्ष पर्याप्त पानी र हिउँ नपरेकोले राम्ररी फुलेन । वनमा रातो, सेतो, फिक्का, गुलाबी, फिक्का रातोलगायत दर्जन रङका लालीगुराँस लटरम्मै फुलेको देख्न सकिन्छ । यहाँका फूलको व्यापार नभए तापनि परम्परागत रूपमा विभिन्न स्थानमा गुराँस फूलका पत्र जडीबुटी औषधिका रूपमा निर्यात गरिन्छ भने फूललाई स्थानीय गाउँमा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ ।

न हिउँ प¥यो न पानी । यसपटक चाँडै फुलेको लालीगुराँस चैत नलाग्दै झर्न थाल्यो । हिमाली क्षेत्रमा चैत, वैशाखमा लटरम्म फुलेर रङ्गीन देखिन्थ्यो । अन्य वर्षभन्दा पुसमै फुलेको लालीगुराँस राम्ररी फक्रन पाएन । यस वर्ष न पानी पर्यो, न हिउँ नै पर्यो, त्यसैले फागुनमै ओइलिएर झरेको हो । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा पर्यटक आउने मौसमअगावै लालीगुराँसको फूल ओइलिन थालेको छ । जैविक विविधताका लागि समय निकै महत्वपूर्ण मानिएको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती पहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म विभिन्न रङका फूल पाइन्छ । पासाङल्यामु सडकमार्गमा पर्ने ग्राङ, राम्चे, ठाँडे, धुन्चेलगायतका ठाउँमा गाडीबाटै रात्तामै लालीगुराँसले यात्राका क्रममा गाडीबाटै देखिन्छ । यस वर्ष पर्याप्त पानी र हिउँ नपरेकाले राम्ररी फुलेन । पर्यटकीय क्षेत्र लाङटाङ, गोसाइँकुण्ड पदयात्रामार्गका जङ्गलमा चैत, वैशाखसम्म विभिन्न प्रजातिका रङ्गीचङ्गी लालीगुराँस फूल फुलेर वन नै ढकमक्क देखिन्थ्यो । मौसममा यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटक रमाएर फोटो खिच्थे । यस वर्ष चाँडै फलेकाले र हिउँदमा हिउँ तथा पानी कम परेकाले फागुनमै ओइलिएर सकिने अवस्थामा रहेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए ।