+
Search

ताजा अपडेट +

पपुलर +

गेर्खुटारका जेष्ठ नागरिक रसुवाको अवलोकन भ्रमणमा रम्दै

गेर्खुटारका जेष्ठ नागरिक रसुवाको अवलोकन भ्रमणमा रम्दै
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर–१० गेर्खुटारका जेष्ठ नागरिकले चैत १० गते शनिबार रसुवा जिल्लाको विभिन्न स्थानको अध्ययन, अवलोकन भ्रमण गरेका छन् ।

Utsuk Books & Stationery

वडा कार्यालयले वडाभित्रका ५५ देखि ८० वर्षसम्मका ३० जना जेष्ठ नागरिक, वडाध्यक्ष, वडासदस्यसहित तीस वर्ष सरकारी सेवामा बिताएर सेवा निबृत्त हुनुभएका साहित्यकार रेशमबहादुर पाण्डेसहित ३३ जनाको टोली बेत्रावती हुँदै कालिकास्थान, धुन्चे, स्याफ्रुवेंशीबाट रसुवागढी पुगेर अहिले भईरहेको विकास निर्माण र सडकमार्गको दायाँवायाँ रहेको प्राकृतिक दृश्यावलोकनसहित मठ-मन्दिर, गुम्बाको बारेमा जानकारी लिएका थिए । चिनसँगको नाका रसुवागढी पुगेर पहिलेको अनुभव सुनाउँदै अहिले धेरै परिवर्तन भएको र बेत्रावतीदेखि रसुवागढीसम्म विभिन्न प्राकृतिक सौन्दर्यलाई नियाल्दै धर्म, संस्कृति निर्माणका काम हेर्न पाउँदा यात्रा अर्थपुर्ण रहेको भ्रमण टोलीमा संलग्न ज्येष्ठ नागरिक बलबहादुर थापाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो । वडाको वार्षिक कार्यक्रमअनुसार ज्येष्ठ नागरिकसँग सल्लाह गरेर रसुवाको विभिन्न स्थानको अवलोकन भ्रमण गराईएको वडाध्यक्ष गणेश नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह