विदुर । पूर्वराष्ट्रपति एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि मङ्गलबार नेता, कार्यकर्ता तथा जनप्रतिनिधिसँग भेटघाटका लागि नुवाकोट आउनुभयो । नुवाकोटमा भण्डारीले विदुरस्थित एमालेको जिल्ला पार्टी कार्यालयमा नेता, कार्यकर्ता तथा जनप्रतिनिधिसँग भेटघाट गरी समसामयिक विषयमा छलफल गर्नुभएको केन्द्रीय सदस्य विन्दा ढुङ्गानाले जानकारी दिनुभयो ।


जिल्ला पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा एमालेका जिल्ला नेतृत्व, जनप्रतिनिधि तथा ठुलो सङ्ख्यामा उपस्थित कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए । सो अवसरमा भण्डारी र पार्टीका नेता तथा कार्यकर्ताबिच समसामयिक राजनीतिक विषय र जिल्लाको स्थानीय वस्तुस्थितिबारे छलफल तथा विचार आदानप्रदान भएको थियो । करिब ११ वर्षपछि सक्रिय राजनीतिमा फर्किनुएकी भण्डारी पछिल्लो समय पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा सक्रिय भइरहनुभएको छ । सक्रिय राजनीतिमा पुनरागमनपछि भण्डारी पहिलोपटक नुवाकोट आउनुभएको हो । नुवाकोटको भ्रमणलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट र समसामयिक विषयमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा लिएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया