+
Search

ताजा अपडेट +

पपुलर +

बाढीबाट रसुवा, नुवाकोट, धादिङका अभिभावकविहीन बालबालिकालाई थेचोमा आश्रयस्थल

बाढीबाट रसुवा, नुवाकोट, धादिङका अभिभावकविहीन बालबालिकालाई थेचोमा आश्रयस्थल
त्रिशूली प्रवाह
३४ मिनेट अगाडी

काठमाडौँ । सरकारले भोटेकोशी बाढीमा बुवाआमा गुमाएका बालबालिकालाई ललितपुर-१२ स्थित थेचोमा रहेको आश्रयस्थलमा राख्ने भएको छ । बालमन्दिरको १२ रोपनी क्षेत्रफलमा निर्मित तीनवटा भवनमा बाढीबाट सहाराविहीन भएका बालबालिकालाई राख्ने तयारी गरिएको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले गत भदौ १० गतेको भोटेकोशी बाढीमा बुवाआमा दुवै गुमाएका बालबालिकालाई ललितपुरको थेचोको आश्रयस्थलमा राख्न लागेको जानकारी दिनुभयो । हाल ४९ बालिका र ५३ बालक गरेर कुल एक सय दुई बालबालिकाको मात्रै तथ्याङ्क प्राप्त भएको उहाँले बताउनुभयो । ‘भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठुलो जनधनको क्षति गरायो जसबाट एक सय दुई बालबालिकाले बुवाआमा गुमाएको तथ्याङ्क आएको छ । परिवारका कुनै अभिभावकत्व नलिएकालाई थेचोको आश्रयस्थलमा राखिने छ,’ सूचना अधिकारी चन्दले भन्नुभयो । उहाँले अभिभावकविहीन बालबालिकालाई खान, बस्न र पढ्नेसमेत व्यवस्था हुने गरी आश्रयस्थलमा राख्ने तयारी गरिएको जानकारी दिनुभयो । सरकारले आवश्यकताका आधारमा धेरै बालबालिका भएमा राज्यका अन्य निकायसँग समेत समन्वय गरेर भए पनि सबै बालबालिकालाई राख्ने उहाँले बताउनुभयो । अन्य प्राकृतिक विपत्तिबाट सहाराविहीन बालबालिलाई समेत थेचोमा रहेको आश्रयस्थलमा राख्ने तयारीमा परिषद्ले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । गोदावरी नगरपालिका-१२ का वडाध्यक्ष जगतबहादुर महर्जनले बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई राख्न थेचोमा आश्रयस्थलको रङ्गरोगन र सरसफाइको कार्य धमाधम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालमन्दिरको १२ रोपनी क्षेत्रमा तीन भवन अलपत्रजस्तै अवस्थामा थिए । हाल तीनवटा भवनमा सात-आठवटा कोठा छन् । भवन जीर्ण भएपछि रङ्गरोगन र सरसफाइ भइरहेको छ ।’

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह