+
Search

ताजा अपडेट +

पपुलर +

विजयादशमी टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

विजयादशमी टीकाको उत्तम साइत बिहान १०ः२६ बजे
त्रिशूली प्रवाह
४४ मिनेट अगाडी

विदुर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे दसैँको टीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

दसैँ टीका बुधबारका दिन परेकाले टीका लगाइदिने पूर्व र टीका लगाइमाग्ने पश्चिम फर्किने अति राम्रो हुने अध्यक्ष भट्टराईको भनाइ छ । सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने भए पनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने उहाँको सुझाव छ । सर्वसाधारणका लागि बिहानदेखि नै टीका लगाउन कुनै समस्या नरहेको उहाँले बताउनुभयो । यस वर्ष फूलपाती असोज ३१ गते शनिबार, महाअष्टमी, कालरात्रि कात्तिक १, महानवमी कात्तिक ३ गते र कात्तिक ८ गते कोजाग्रत पूर्णिमा परेको छ ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह