काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भिजी अटोमोबाइल्स प्रालिले दसैँ–तिहारलाई लक्षित गर्दै नयाँ चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘उत्सव नयाँ, राइड नयाँ’ नामक योजनाअन्तर्गत ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिदमा रु. एक लाखसम्म नगद छुट वा एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।


देशभर लागू हुने योजनामा नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याजमा फाइनान्सिङ तथा ३६ महिनासम्मको कम इएमआई सुविधा लिन सक्ने छन् । कम्पनीका अनुसार शून्य ब्याज तथा ३६ महिनाको कम इएमआई सुविधा नागरिकता भएका ग्राहकका लागि उपलब्ध हुनेछ । उक्त सुविधा सम्बन्धित योजनाका सर्तअनुसार लागू हुने जनाइएको छ । अफर सुजुकीका भी–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ लगायतका मोडलमा लागू हुने बताइएको छ । कम्पनीले चाडपर्वको समयमा नयाँ दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई आर्थिक तथा फाइनान्सिङ दुवै हिसाबले सहजता प्रदान गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ । ‘उत्सव नयाँ, राइड नयाँ’ योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले आधिकारिक डिलर नुवाकोट–रसुवाका लागि उत्सुक अटोमोबाइल्स बट्टारमा सम्पर्क गरी उपलब्ध मोडल, छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे जानकारी लिन सक्नेछन् । सुजुकीले नेपाली बजारमा दैनिक आवागमनदेखि लामो दूरी तथा एडभेन्चर राइडिङसम्मका लागि विभिन्न सेग्मेन्टका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।






प्रतिक्रिया