तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १५ चैत्र २०८०, बिहीबार १२:१६
Buddha Eyes

एमाले नुवाकोटका नेता अहिले जिल्ला अधिवेशनको प्रसव पीडामा छटपटाइरहेका छन् । त्याग, बलिदान, निष्ठा, सिनियर र निरन्तरतालाई खोपामा थन्क्याएर तीनजना केन्द्रीय सदस्यको वरीयता अध्यक्ष मैनालीको तजबिजमा हुन थालेपछि खैला–बैला ! पार्टी संगठनलाई बलियो बनाउनभन्दा पनि आफूनिकटलाई नेतृत्व सुम्पिने दाउमा केन्द्रीय सदस्य, वरीयता अवस्थाअनुसार यताउता ! गत स्थानीय निर्वाचनमा तारकेश्वर र विदुरको उपप्रमुख पद भागबन्डामा परेको चर्चा सेलाउँदै जानुपर्नेमा अधिवेशनको एजेन्डा बनाउन केही नेता अहोरात्र तानाबाना बुन्न थालेपछि बचे/खुचेका नेता/कार्जेकर्ताको मन अमिलो । कुनै बेला केन्द्रमा एकजना पनि नेता नहुने नुवाकोटले पार्टी फुटेपछि पटक–पटक गरेर तीनजना केन्द्रीय नेताको पङ्क्तिमा पाउँदा कमरेडहरू गत स्थानीय, प्रदेश र सङ्घको निर्वाचनको शर्मनाक पराजय भुल्दै ।