तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार १२:३६
Buddha Eyes

गाउँ–गाउँका सामुदायिक विद्यालय भूकम्पपछि चिटिक्क निर्माण भए पनि छोराछोरी पढाउन सहर पस्नेको लर्को । गाउँका विद्यालय रित्तै, दरबन्दीका शिक्षक भने काम नपाएर राजनीति लाभको लेखाजोखामा तल्लीन । कमसेकम राज्यको स्रोतबाट तलबभत्ता खानेले त सामुदायिक विद्यालय सम्झनुपर्नेमा गरिब निमुखाकै जिम्मा लाउँदा अङ्ग्रेजी भाषाको मोहले गर्दा गाउँ रित्तै ! जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालय नटेक्ने भएपछि विदुर नगरपालिकाभित्रका केही सामुदायिक विद्यालयको भवन भाडामा लाउने योजना बनाउन विदुरका उपमेयरसहित आधा दर्जन वडाध्यक्षको टोली अध्ययनका लागि चीन प्रस्थान । देश पनि हेर्ने, मुख पनि फेर्ने योजनानुसार नगरका हाकिम सा’वसँगै अस्पतालका डाक्टर पनि टोलीको पे्रसर नाप्दै चीन उडेपछि कार्यपालिकाको बिजोग !