तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १३:१४
Buddha Eyes

अभिभावकलाई अहिले छोराछोरी पढाउन स्कुल छान्दैमा सास्ती ! सरकारी लगानीका विद्यालयमा विद्यार्थी घट्दै गएकोप्रति चिन्ता र चासो लिनेको सङ्ख्यामा खडेरी । विदुरको मेयर सा’वले भने काठमाडौंको महँगो विद्यालयमा पढिरहेका छोरालाई सामुदायिक विद्यालयमा भर्ना गरेपछि बट्टारवासी तरङ्गित ! दैलोको भीमसेनलाई बिर्सेर दुई किलोमिटर टाढाको पृथ्वी विद्यालयको रोजाइले सामाजिक सञ्जाल भरेपछि भीमसेनका अध्यक्ष मेयरसँगको सम्बन्ध कट् गर्ने मुडमा । नगरको अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक चयन गर्ने टिम पुस्तक व्यवसायीबाट प्रभावित हुँदा देवी सरको फोन स्विच अफ ! सामुदायिक विद्यालयको अवस्था यसपटकको कक्षा आठको नतिजाले उदाङ्गो पारेपछि सरहरूको बर्सेनि अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक अदल–बदलमा लुकेको स्वार्थ चाल पाएपछि उपमेयरज्यू रुष्ट !