तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार १३:०३
Buddha Eyes

जिम्मेवार निकाय नहुँदा स्वास्थ्य सेवामा खेलवाड ! जिल्लामा फार्मेसी र प्याथालोजी सेवा सिकारू र गिरोहको पञ्जामा पुग्दा सर्वसाधारणलाई स्वास्थ्य सेवा महँगो । विज्ञ स्वास्थ्यकर्मी र डाक्टरले हेर्नुपर्ने ल्याबको रिपोर्ट फार्मेसीले हेर्ने र औषधि बिकाउने चाँजोपाँजोले जिल्लामा सरकारले मान्यता नदिएका औषधिको व्यापार फस्टाउँदा स्थानीय प्रशासन बेखबर । सेवा दिनेभन्दा रातारात पैसा कमाउन पल्केकाहरू बाहिर बोर्ड एउटा, भित्र अर्को धन्दाले जनताको जीवन कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा भनेझैँ नहोला र ? स्वीकृति नलिएका सेवा र औषधिको व्यापार नुवाकोटमा कहिलेसम्म सहज होला प्रशासनले नै जानुन् । दुव्र्यसनीका लागि फार्मेसीमा औषधि सहज उपलब्ध हुँदा नगरमा दुव्र्यसनीका पारखी बढ्दै ।