सेवा प्रवाहमा सुधार गरेको धादिङ प्रजिअको दावी

  • त्रिशूली प्रवाह
  • ८ जेष्ठ २०८१, मंगलवार १७:०९
  • राजेन्द्र बस्स्नेत

धादिङ, चालु आर्थिक वर्षको तेश्रो चौमासिक समिक्षा अवधिमा जिल्ला प्रशासन कार्यालय धादिङले १७ पूर्णाङ्कमा १६ दशमलव ७५ अंक प्राप्त गरेको छ । गत वर्ष कार्य सम्पादन मूल्याङ्कनमा सुधारमा ७१औं स्थानमा रहेकोमा चालु आ.व.को अर्धवार्षिक समिक्षामा १५ स्थानमा पु¥याएको र तेश्रो चौमासिकमा १० वा ११ स्थानमा परेको हुनुपर्छ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गहै्रले दावी गरे । कार्यकाल सम्हालेको एक वर्षे पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरी प्रजिअ गैह्रेले २०८० जेठ ३ गते जिल्ला प्रशासन कार्यालय धादिङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि उल्लेखीय उपलब्धी हासिल गरेको बताए ।

विगत वर्षका २ सय १० वटा मुद्दा फैसला (विगत ४ वर्षमा भएका काम अहिले १ वर्षमै), यस वर्षमा दर्ता भएका ५४ मुद्दामध्ये ४९ गरिएको छ । वडाका सिफारिस भएका विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरिएको, जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयत्रको अनलाईन फारम भर्ने निःशुल्क व्यवस्था गरेको र राहदानीको अनलाईन फारम भर्ने व्यवस्थाको अन्त्य गरी सिधैं इनरोलमेन्टको व्यवस्था गरेका र सेवाग्राहीको बढी चाप भएका बेला राहदानी सेवा बिहान ७ देखि साँझ ६ बजेसम्म प्रदान गरिएको समेत बताए । यस किसिमको काम अहिले २५ भन्दा बढी जिल्ला प्रशासन कार्यालयले अनुशरण गरेका छन् । अशक्त तथा अपाङ्गता भएका गजुरी गाउँपालिका वडा नं.–८ का ३ जना र गंगाजमुना गाउँपालिका वडा नं.–४ का २ जना ब्यक्तिलाई घरदैलोमै पुगी नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरेको र २०७५ सालको विपद्बाट प्रभावित गजुरी गाउँपालिका वडा नं.–२ का ३४ घर पिडितलाई पुनःस्थापनाका लागि लाभग्राही कायम गरी प्रक्रिया अघि बढाएको समेत जानकारी दिए । २ सय ७० वटा फर्मको अनुगमन गरिएकोमा ९३ वटा फर्मलाई कारबाही गरी १० लाख २५ हजार राजश्व संकलन र अखाद्य तथा म्याद नाघेका ३ लाख ६५ हजार मूल्य बराबरको खाद्य बस्तु नष्ट गरेको प्रजिअ गैह्रेले बताए ।

यो अवधिमा ११ हजार ८ सय ३५ जनालाई नयाँ नागरिकता र १२ हजार ४ सय ३३ जनालाई नागरिकता प्रतिलिपी जारी गरिएको, जन्मको आधारमा नागरिकता लिएका बाबुआमाको सन्तान एक जनालाई र आमाको नामबाट १२ जनालाई नागरिकता प्रदान गरिएको छ । यसैगरी, गैर आबासीय नेपाली नागरिकता २७ जना र अंगिकृत नागरिकता सिफारिस सङ्ख्या (बाबु विदेशी तर नेपाली आमाबाट नेपालमै जन्मी नेपालमै स्थायी बसोबास गर्दै आएका सन्तानका लागि) ७ जनालाई सिफारिस गरिएको छ । यसै अवधिमा १० जनाको नागरिकता रद्द गरिएको छ भने २७ जनाले नागरिकता त्यागेका छन् । १५ हजार ती सय ६९ जनालाई वितरण गरिएको छ । राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेका ६८ हजार ३ सय ८६ मध्ये एक वर्ष अवधिमा २३ हजार ४ सय ३ जनाले कार्यालयमा आएर विवरण दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियानमा १ लाख ४२ हजार ७ सय ६७ जना गरी २ लाख ११ हजार १ सय ५३ जनाले विवरण दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्र छपाई भई आएको ४३ हजार ७ सय ५० मध्ये ६ हजार २ सय ५६ लाई वितरण गरिएको छ । हात–हतियार नविकरण ४१ वटा गरिएको छ । राहदानीबाट ६ करोड २९ लाख ९१ हजार ७ सय र दण्ड जरिवाना र शुल्कबाट ७ लाख ६० हजार २ सय ८५ राजश्व संकलन गरेको छ । चालु खर्च १ करोड ४३ लाख ४ हजार ९ सय १८ रूपैयाँ र पुँजीगत खर्च १४ लाख २० हजार ५ सय ३८ रूपैयाँ खर्च गरेको छ ।

प्राकृतिक स्रोतको अबैध दोहन नियन्त्रण, सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी उजुरीको अनुसन्धान, कारबाही र सार्वजनिक यातायात व्यवस्थापन कार्य शुरू गरेर पनि पूरा गर्न सकिएको छैन । यसैगरी, सेवा थपिंदै जानु जनशक्ति र स्रोतसाधन नथपिनु, कर्मचारी टिकाउनै समस्या÷उत्प्रेरणाको अभाव, सेवा सम्बन्धी सफ्टवेयरमा समय–समयमा आउने समस्या, कर्मचारीमा दक्षताको अभाव÷तालिमको अभाव, अभिलेख व्यवस्थापन कमजोर र त्रुटिपूर्ण, सेवाग्राहीको बढ्दो अपेक्षा र सिमित क्षमता, नागरिकमा कमजोर चेतना र हेलचेक्र्याई, वडा कार्यालयबाट आउने सिफारिस र कागजातमा हुने त्रुटि, इलाका प्रशासन कार्यालयको अभाव, अन्य निकायबाट जिम्मेवारी पन्छाउने प्रवृत्ति, सबै स्थानमा सुरक्षा निकायको पहुँच नपुग्नु अभाव, न्यून जनशक्ति राजमार्गको बिस्तारका लागि भएको निर्माण कार्यका कारण आवागमनमा हुने अवरोध, सडक दुर्घटना, यातायात क्षेत्रमा रहेका समस्या, निर्माण व्यवसायीले समयमै काम नगर्ने प्रवृत्ति, नदीजन्य तथा खानीजन्य पदार्थको अवैत्र उत्खनन् तथा ओसार–पसारलाई समस्या र चुनौतीका रूपमा प्रजिअ गह्रेले समस्या र चुनौतीलाई पनि बुँदागतरूपमा उहाँले औल्याएका छन् । पत्रकार सम्मेलन भएपनि राजनीति दल, जिल्लास्थित कार्यालय प्रमुख र नीलकण्ठ नगरपालिकाका प्रमुख उपप्रमुखको उपस्थितीमा उहाँले सेवा प्रवाह सुधार भएको तथ्याङ्क प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्ने सबैले प्रजिअ ग्रह्रेको प्रशंसा मात्र गरेर अर्को कार्यालयमा जाँदा पनि यसै कामलाई निरन्तरता दिन र अरू कार्यालय प्रमुखले पनि अनुशरण गर्न सुझाएका थिए ।