तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १० जेष्ठ २०८१, बिहीबार ०७:३७
Buddha Eyes

सिङ्गो काङ्ग्रेस पार्टी रवि लामिछानेसँग भिडिरहँदा नुवाकोटका काङ्ग्रेसीजन भने केसी र महत मिल्ने प्रस्ताव गर्दै । शनिबार रानीपौवाको क्षेत्रीय सम्मेलनमा डा. केसीले उक्त प्रस्ताव राखेपछि सहभागी कार्जेकर्ता ट्वाँ ! जिल्लामा नेपाली काङ्ग्रेस नभेटिए पनि ‘काङ्ग्रेस भनेकै केसी र महत, केसी र महत भनेकै काङ्ग्रेस’ यो अवस्थाले रगत, पसिना र उर्वर समय काङ्ग्रेसमै व्यतित गरेका नेता/कार्जेकर्ता काङ्ग्रेसमै नअट्ने परिस्थितिले ठेकेदार नेता बहादुरलाई निर्वाचन क्षेत्र खोसिने चिन्ता । केसी र महत मिल्दा काङ्ग्रेस बलियो हुने तर्कले थर्केका काङ्ग्रेसको झण्डा सिरानी हालेर बस्ने केही नेता उक्त सभामै मुर्मुरे । दुई क्षेत्र र चार प्रदेश रहेको नुवाकोटमा केसी र महत मिल्दा अरू बाइबाई हुनुपर्ने भएपछि टिकटकै लागि मरिहत्ते गर्नेहरू नयाँ पार्टीतिर सम्बन्ध विस्तारको तयारीले मिसन चौरासी कसका लागि सुरक्षित, कसका लागि असुरक्षित ?