+
Search

ताजा अपडेट +

पपुलर +

मैले काङ्ग्रेस छाडेँ

मैले काङ्ग्रेस छाडेँ
त्रिशूली प्रवाह
२ साल अगाडी

गएको काङ्ग्रेस महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा, धनराज गुरुङ र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि मैले पत्रपत्रिकामार्पmत शुभकामना दिएको थिएँ । उनीहरूबाट नेपाली काङ्ग्रेसमा पुस्तान्तरण हुने मैले ठूलो आशा राखेर शुभकामना दिएको थिएँ । तर, यसपालिको संसद्मा गगनले जुन अशिष्ट, अभद्र र अमर्यादित चरित्र देखाए, यो काङ्ग्रेसकै इतिहासमा कलङ्क भएको महसुस गरेँ । साथै, धनराज गुरुङले ओलीको नाकैनेर चोरऔँला लगेर पूरै गुन्डागर्दी शैली देखाए, त्यसको भत्र्सनासमेत गर्दछु । काङ्ग्रेसमा पहिलो पुस्ता भ्रष्ट र दोस्रो पुस्ता अराजक र उद्दण्ड देखियो । नेपाली काङ्ग्रेसमा यस्तो उच्छृङ्खलता कहिल्यै देखिएको थिएन । रवि लामिछानेको केसमा यदि सहकारीको रकम अपचलन भएको भए अदालतमा मुद्दा हाल्ने हक हुँदाहुँदै संसद्लाई बन्धक बनाउनु काङ्ग्रेसको अहिलेको चरित्र असंसदीय भएकाले शुभकामना फिर्ता लिनुका साथै काङ्ग्रेसको सदस्यसमेत नरहने व्यहोरा यसै पत्रद्वारा अवगत गराउँछु । म एक प्रजातन्त्रवादी लेखक, कवि पनि भएकाले यस्तो उच्छृङ्खल पार्टीको सदस्य रहन नसुहाउने हुँदा सबैको जानकारीका लागि यति लेखेको हुँ । बिपी कोइरालाजस्ता दूरदर्शी राजनेता, गणेशमानजस्ता त्यागी, किसुनजीजस्तो आदर्शवादी नेताको पार्टी भएको आधारमा म काङ्ग्रेसको क्रियाशील सदस्य रहिआएको थिएँ, तर आज काङ्ग्रेसले अलोकतान्त्रिक चरित्र देखाएको हुँदा अब पार्टी नै परित्याग गर्ने घोषणा गर्दछु ।

Satkar Machinery Center
Utsuk Books & Stationery

ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, भक्तपुर
काङ्ग्रेस क्रियाशील नम्बर : ३३००२०२०२०८००३४०/१४ काठमाडौं

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह