तुप्चे–काठमाडौं एकता समाज र नुवाकोट–गोंगबु समाजद्वारा

डिआइजिपी केसीलाई सम्मान

  • त्रिशूली प्रवाह
  • २४ जेष्ठ २०८१, बिहीबार १२:१६

गोंगबु (काठमाडौं), नुवाकोटको विदुर नगरपालिका-७ मा जन्मिएका डा. मनोज केसी (सापकोटा) लाई नेपाल सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) पदमा बढुवा गरेको खुसियालीमा तुप्चे–काठमाडौं एकता समाज र नुवाकोट–गोंगबु सम्पर्क समाजले शनिबार उनको निबास गोंगबु पुगेर बधाई एवम् शुभकामना व्यक्त गरेका छन् ।

नुवाकोट–गोंगबु सम्पर्क समाजले डा. केसीलाई भेटी बधाई तथा शुभकामना दिएको थियो । उक्त अवसरमा समाजसेवी केदार पाठक र निवर्तमान टोखा नगरपालिका–११ का अध्यक्षले शुभकामना दिने क्रममा डा. मनोज नुवाकोटका लागि गर्व गर्न लायक छोरो भएको बताउँदै आगामी कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा लगभग ४० जनाजति नुवाकोट जन्म भई काठमाडौं–गोंगबु बसोवास गरेका व्यक्तिको उपस्थिति रहेको थियो । त्यसपछि उनको निवास पुगेको तुप्चे–काठमाडौं एकता समाजले डा. मनोजलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो । तुप्चेमा जन्मेको छोराले त्यो स्थान हासिल गर्दा तुप्चेली कति खुसी रहेछन् भन्ने प्रस्ट देखिन्थ्यो । तुप्चे–काठमाडौं एकता समाजका अध्यक्ष दीपेन्द्रराम भण्डारी र पूर्वअध्यक्ष उज्ज्वलजंग ठकुरीलगायत करिब ५० जना उक्त समारोहमा उपस्थित भएका थिए । डिआइजिपी डा. मनोजलाई शुभकामना दिने क्रममा उनको बाल्यावस्थाको लगनशीलताको प्रसङ्ग आउँदा कार्यक्रम तुप्चेमय बनेको थियो । यसैगरी, प्रथम शीत ईश्वर एवम् तुप्चे–काठमाडौं एकता समाजका सचिव कृष्ण केसीले डा. मनोजको यो पद्धोन्नतिले समग्र तुप्चे एकता, तुप्चेवासी र नुवाकोटको नै प्रतिष्ठा बढाएको भन्दै खुसी व्यक्त गरेका थिए । नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट प्रवेश गरेका केसी विदुर नगरपालिका–७ तुप्चे, नुवाकोटमा पिता अशोककुमार र माता शान्ति केसी सापकोटाको कोखबाट ज्येष्ठ सुपुत्रको रूपमा जन्मिएका हुन् ।