+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

म डाक्डर अत्युत्तम मान्य । पोहोर पोर्चुगोलका क्रिस्टियानो रोनाल्डोलाई लाङ्टाङको पानी खुवाउने भनेर चुनाव जितियो, आखिर गफै मात्र भयो । नुवाकोटे जनताले सोधेको सोध्यै छन्, जवाफ दिन नसकेर हत्तु भइयो भन्या । मन्त्री भा भे, जान्या थेँ अर्काे डाक्डरले खाइदियो, अर्काे साल त अनेक तिक्डम गरेर नि हुनुपर्या छ । यसपालि भदौको बाढीले आफूलाई राजधानीबाट बाहिरै निक्लन दिएन, क्यारूँ । आफूलाई मान्य भएसि कस्ता–कस्ता काम गर्नु छ, जनता भने किन जिल्ला टेकिनस् भनी टोक्या–टोक्यै छन् । कुन साइताँ मान्य भइएछ भन्या । त्यो बबिताकुमारी पासवान भन्नेले किन सडकाँ बच्चा पाउनुपरेको होला ? सर्खार असफल बनाउने षड्यन्त्रै हो यो । त्यसको लोग्नेले गोजीमा दुई हजार रुपे बोकेर सुत्केरी बनाउन सक्छ ? कम्तीमा नि एक लाख त बोक्नुपर्छ नि । महिलाको प्रसव वेदना मैले पनि बुझेको छु, के सोचेको तिनले ? यो काममा बबिता र हेमराजलाई कसैले प्रयोग गरेको हुनुपर्छ, बुझ्नुभो ? मलाई धेरै नजिस्क्याओ, अब पोर्चुगल गएर त्यो रोनाल्डोलाई जसरी नि ल्याएर छाड्छु । म त बालेनसँग समन्वय गर्ने मान्छेलाई बडो फिल्डमा खोज्ने भाका । पख, अब बाढीपीडितको उद्धार, राहत, पुनस्र्थापनाका लागि सामाखुसीको मिटिङमा सबलाई बोलाउँछु, को पो नआउँदा रेछन्, म पनि हेर्छु नि । म त खेल, खेलाडीको पो डाक्डर, के सोच्या छन् तिनले ? खेल कसरी खेल्नुपर्छ, मैले जान्या छ । म त मान्य अतिउत्तम, भारेभुरे होइन ।

Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह