+
Search

ताजा अपडेट +

पपुलर +

विश्व रक्तदान दिवसमा प्याकुरेलदम्पती सम्मानित

विश्व रक्तदान दिवसमा प्याकुरेलदम्पती सम्मानित
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, विश्व रक्तदान दिवसको अवसरमा शुक्रबार नुवाकोट जिल्लाबाट सबैभन्दा बढीपटक रक्तदान गरेर मछिन्द्रनरसिंह प्याकुरेलदम्पती सम्मानित भएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको विश्व रक्तदान प्रोत्साहन अभियान कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा जनस्वास्थ्य कार्यालय नुवाकोटले विश्व रक्तदान दिवसको अवसरमा जिल्लाभित्र हालसम्म सबैभन्दा बढीपटक संस्थामा रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरेको थियो । सो कार्यक्रममा ५१ पटक रक्तदान गरेर प्रथम भएका प्याकुरेल सम्मानित भएका हुन् । उनीसँगै २५ पटक रक्तदान गर्ने विदुर नगरपालिका–७ तुप्चेका सुवास भण्डारी र महिलातर्फ सबैभन्दा बढी २४ पटक रक्तदान गरी रिता थपलिया प्याकुरेल सम्मानित भएका छन् । रिता मछिन्द्रनरसिंहकी श्रीमती हुन् । दिवसको अवसरमा सङ्घ-संस्थामध्ये बढीपटक रक्तदान गराउने जनजागृति युवा क्लब विदुर नगरपालिका–७ तुप्चे, समृद्ध नुवाकोट बट्टार र जिल्ला प्रहरी कार्यालय नुवाकोट सम्मानित भएका छन् । त्यसैगरी, सोही दिवसको अवसरमा सबैभन्दा बढी महिलाबाट रक्तदान गराउने संस्थामा एजी चर्च कोलनी, नेपाल रेडक्रस सोसाइटी काहुले उपशाखा किस्पाङ र मानव अधिकार शान्ति समाज नुवाकोटलाई पनि सम्मान गरिएको थियो । सम्मानित व्यक्ति सङ्घ–संस्थालाई सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठ, जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीलगायतले दोसल्ला ओढाई सम्मानपत्र र करुवा प्रदान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह