नुन प्रतिकेजी चार रुपैयाँ बढ्यो

  • त्रिशूली प्रवाह
  • २१ असार २०८१, बिहीबार १३:१५

काठमाडौं, सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य प्रतिकेजी चार रुपैयाँको दरले वृद्धि गरेको छ ।

मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । अब बढाइएको नयाँ मूल्य सूचिअनुसार प्रतिकेजी २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी, न्यू शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकेजी २० रुपैयाँ पुगेको छ । यसअघि न्यू शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकेजी १६ रुपैयाँ थियो । आयो नुन र न्यू शक्ति नुनको थोक बजार मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए । साल्ट ट्रेडिङले बिक्री गर्दै आएको भानु नुनको मूल्य ९ रुपैयाँ प्रतिकेजीलाई यथावत् राखेको छ ।