एसइई नतिजा खस्केपछि देशैभरि हल्लीचल्ली ! नुवाकोटमा पनि सरोकारवाला सबैको नतिजाप्रति चासो बढ्दा पुस्तक व्यवसायी जोतिषीको शरणमा । तीन तहको सरकारले भएभरको बजेट खन्याउँदा पनि नतिजा चिन्ताजनक । विगतमा हेलमेट टिचरको बिगबिगीले क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह र प्लस टु विद्यालयमा पुग्यो । अहिले विद्यालयका विषयगत सरहरू पढाउनलाई भन्दा सहयोगी पाठ्यपुस्तकको व्यापारमा लाग्दा तलब बचत भए पनि पुस्तक व्यवसायीको पेटमा लात मार्दा प्रधानाध्यापक महोदयलाई मौन बस्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था ! व्यापारी टिचरको कारण माध्यमिक तह मर्जरको प्रस्ताव ल्याउने छलफलको चर्चाले दलका पिछलग्गु घरपायक सरहरूको रुन्चे हाँसो आउने भविष्यवाणी ।