एमाले न्वाँकोटमा पोरपरारदेखिको मर्यादाक्रमको लडाइँ केन्द्रले टुङ्ग्याइदिएपछि अध्यक्ष कामरेटलाई हाइसन्चो भा छ ! कहीँ नभा’का नेता न्वाँकोटमा भने झैँ आफ्नै बलबुताले जित्ने आँट र आधार नभएका तीन–तीनजना केन्द्रीय सदस्यलाई हाई–हाई र ज्यू–ज्यू गर्दा गर्दै अध्यक्ष कँडको काठमाडौंमा दुई–दुईवटा घरेडी स्वाहा भइसकेको कसलाई था’छ ? तैपनि ‘कार्जेक्रमको प्रमुख अतिथि म हुनुपर्छ,’ ‘म पुरानो’, ‘म निर्वाचित’, ‘ऊ मनोनीत’ भन्ने लफडा किनारा लाग्दा मिसन – ८४ मा दुई क्षेत्रमा दुई मैला नेतृको खटनपटन हुने भए’सि मैनाली र पाँडे कँडको निर्वाचन क्षेत्र प्रदेशमै हुने हो कि भन्ने बालाजुतिर बस्नेलाई चिन्ता लाग्या’छ । अनि जिल्ला कमिटीका पदाधिकारी दङ्ग हुने भइहाले !