- राजेन्द्र बस्नेत
धादिङ । महालेखाको प्रतिवेदनुसार आव २०७४/०७५ देखि २०७९/०८० सम्मको अवधिमा धादिङका १३ पालिकामध्ये नेत्रावती–डबजोङको बेरुजु कम र बेनीघाट–रोराङको शून्य छ । सबै पालिकाको आव २०७४/०७५ देखि सर्दै आएको बेरुजु रु. तीन अर्ब २७ करोड २४ लाख २९ हजार पुगेको छ । आव २०७९/०८० मा मात्रै ११ पालिकाको असुलउपर गर्नुपर्ने बेरुजु रु.२४ करोड ३४ लाख ९४ हजार दुई सय २६ रहेको महालेखाले गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
गंगाजमुना गाउँपालिकाको आव २०७९/०८० को लेखापरीक्षणबाट रु.१ करोड ५५ लाख ६९ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा चार लाख तीन हजारको प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रु. ९७ हजार पाँच सय २७, प्रमाण कागजात पेस गर्नुपर्ने रु. १ करोड ३२ लाख एक हजार, नियमित गर्नुपर्ने रु.१८ लाख ६६ हजारसमेत गरी रु. एक करोड ५१ लाख ६६ हजार छ । गत वर्षसम्म रु.१९ करोड २६ लाख ४६ हजार बेरुजु बाँकी रहेकामा आव २०७९/०८० मा रु. ३८ लाख ६५ हजार तीन सय ८० सम्परीक्षण भई हालसम्मको अद्यावधिक बेरुजु रू.२० करोड ३९ लाख ४७ हजार छ । त्यसैगरी रुबीभ्याली गाउँपालिकामा आव २०७९/०८० को लेखापरीक्षणबाट रु. दुई करोड ८२ लाख २३ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा ८५ लाख ४२ हजारको प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रु.६८ लाख २६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. एक करोड २० लाख ८१ हजार र नियमित गर्नुपर्ने रु. सात लाख ७४ हजारसमेत रु.एक करोड ९६ लाख ८१ हजार छ । पालिकाको गत वर्षसम्म रु.१७ करोड ६१ लाख एक हजार बेरुजु बाँकी रहेकामा हालसम्मको अद्यावधिक बेरुजु रु. १९ करोड ५७ लाख ८२ हजार छ ।
यसैगरी सिद्धलेक गाउँपालिकाको आव २०७९/०८० लेखापरीक्षणबाट रु. चार करोड ९९ लाख २२ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा दुई करोड २६ लाख ८८ हजारको प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही भई बाँकी बेरुजुु असुल गर्नुपर्ने रु. ५१ लाख १९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. एक करोड ९८ लाख ६३ हजार, नियमित गर्नुपर्ने रु. २० लाख ५८ हजार र पेस्की बाँकी रु. एक लाख ९४ हजारसमेत रु दुई करोड ७२ लाख ३४ हजार छ । गत वर्षसम्म रु. १५ करोड ६६ लाख ३४ हजार बेरुजु बाँकी रहेकामा आव २०७९/०८० सम्मको अद्यावधिक बेरुजु रु. १८ करोड ३८ लाख ६८ हजार छ । नीलकण्ठ नगरपालिकाको आव २०७९/०८० को लेखापरीक्षणबाट रु. एक करोड ४८ लाख ३९ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा दुई लाख नौ हजारको प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रु. २७ लाख ७९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. २५ लाख १९ हजार, नियमित गर्नुपर्ने रु. ४६ लाख १७ हजार र पेस्की बाँकी रु. ४७ लाख १५ हजारसमेत रु. एक करोड ४६ लाख ३० हजार छ । गत वर्षसम्म रु. ९७ करोड २१ लाख ८७ हजार बेरुजु बाँकी रहेकामा आव २०७९/०८० सम्मको अद्यावधिक बेरुजु रु. ४२ करोड ५६ लाख २६ हजार छ ।
यसैगरी, नेत्रावती–डबजोङ गाउँपलिकाको सबैभन्दा कम बेरुजु छ । आव २०७९/०८० को लेखापरीक्षणबाट रु. ७१ लाख ८१ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा ६७ लाख ५६ हजारको प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही भई बाँकी बेरुजु प्रमाण कागजात पेस गर्नुपर्ने चार लाख २५ हजार छ । गत वर्षसम्म रु. तीन करोड ७२ लाख बेरुजु रहेकामा आव २०७९/०८० को अद्यावधिक बेरुजु रु. तीन करोड २४ लाख २२ हजार छ । ज्वालामुखी गाउँपालिकाको आव २०७९/०८० लेखापरीक्षणबाट रु. तीन करोड २५ लाख सात हजार २६ बेरुजु देखिएको छ । सो सम्बन्धमा असुल गर्नुपर्ने रु. एक करोड ५७ लाख ७३ हजार दुई सय २६, प्रमाण कागजात पेस गर्नुपर्ने रु. ४५ लाख ५९ हजार सात सय ३८, नियमित गर्नुपर्ने रु. एक करोड तीन लाख ७४ हजार एक सय ६२ र पेस्की बाँकी रु. १८ लाखसमेत तीन करोड २५ लाख सात हजार २६ छ । गत वर्षसम्म रु. १५ करोड पाँच लाख ३६ हजार बेरुजुुमध्ये यस वर्ष दुई लाख दुई हजार सम्परीक्षण भई रु. १५ करोड तीन लाख ३४ हजार बाँकी रहेकामा आव २०७९/०८० सम्मको अद्यावधिक बेरुजु रु. १८ करोड २८ लाख ४१ हजार छ ।
यसैगरी बेनीघाट–रोराङ गाउँपालिकाले आव २०७९/०८० बेरुजु शून्यमा राखेको छ । आव २०७९/०८० को लेखापरीक्षणबाट रु.६७ लाख ४७ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा ६७ लाख ४७ हजारको प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही हुँदा बेरुजु फस्र्याेट भएको छ । अघिल्लो आवमा रु. ४४ लाख ३० हजार बेरुजु बाँकी रहेकामा आव २०७९/०८० सम्मको अद्यावधिक बेरुजु रु. ४४ लाख ३० हजार छ । थाँक्रे गाउँपालिकाको आव २०७९/०८० को लेखापरीक्षणबाट रु.११ करोड २३ लाख ९४ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा प्रतिक्रिया प्राप्त नभएकाले बाँकी बेरुजु असुल गर्नुपर्ने रु. नौ करोड ८ लाख ६९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. एक करोड एक लाख ९९ हजार, नियमित गर्नुपर्ने रु.६६ लाख ४३ हजार र पेस्की बाँकी रु. ४६ लाख ८३ हजार छ । अघिल्लो आवसम्म रु. २८ करोड ७७ लाख ८३ हजार बेरुजु बाँकी रहेकामा आव २०८०/०८१ सम्मको अद्यावधिक बेरुजु रु. ३३ करोड २५ लाख ३९ हजार छ ।
यसैगरी धुनीबेँसी नगरपालिकाको आव २०७९/०८० को लेखापरीक्षणबाट रु. १३ करोड २९ लाख २० हजार चार सय ४० बेरुजु देखिएको छ । सो सम्बन्धमा १० लाख ४२ हजार ८३ को प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही भई बाँकी बेरुजुु असुल गर्नुपर्ने रु.६ करोड ६९ लाख ९६ र सात सय ६८, प्रमाण कागजात पेस गर्नुपर्ने रु.दुई करोड ९० लाख ३८ हजार चार सय ८०, नियमित गर्नुपर्ने रु.दुई करोड ८६ लाख ८७ हजार एक सय १० र पेस्की बाँकी रु. एक लाख ५६ हजारसमेत रु. १३ करोड १८ लाख ७८ हजार तीन सय ५६ छ । गत वर्षसम्म रु. ३३ करोड १८ लाख ५२ हजार बेरुजुु बाँकी रहेकामा आव २०७९/०८० सम्म रु. तीन करोड ८४ लाख २७ हजार ६ सय सात सम्परीक्षण भई हालसम्मको अद्यावधिक बेरुजुु रु.४२ करोड ५४ लाख ८३ हजार छ । त्रिपुरासुन्दरी गाउँपालिकाको आव २०७९/०८० को लेखापरीक्षणबाट रु. दुई करोड ३८ लाख ५० हजार सात सय ७६ बेरुजु देखिएको छ । सो सम्बन्धमा असुल गर्नुपर्ने रु.४७ लाख ८३ हजार सात सय, प्रमाण कागजात पेस गर्नुपर्ने रु. एक करोड २३ लाख १० हजार नौ सय ५२, नियमित गर्नुपर्ने रु.४७ लाख ५६ हजार एक सय २५ र पेस्की बाँकी रु.२० लाखसमेत रु.दुई करोड ३८ लाख ५० हजार सात सय ७६ छ । अघिल्लो वर्षसम्म रु.२६ करोड ६७ लाख १४ हजार बेरुजु बाँकी रहेकामा सम्परीक्षणबाट रु.२७ लाख ६ हजार चार सय तीन फस्र्याेट भई आव २०७९/०८० सम्मको अद्यावधिक बेरुजु रु. २८ करोड ७८ लाख ५९ हजार छ ।
यसैगरी गजुरी गाउँपालिकाको आव २०७९/०८० को लेखापरीक्षणबाट रु.तीन करोड ६४ लाख ६९ हजार बेरुजुु देखिएको छ । सो सम्बन्धमा ७३ हजार प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रु. एक करोड १६ लाख ८६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. एक करोड ८१ लाख आठ हजार, नियमित गर्नुपर्ने रु.६२ लाख १२ हजार र पेस्की बाँकी रु.तीन लाख ९० हजारसमेत रु. तीन करोड ६३ लाख ९६ हजार छ । गत वर्षसम्म रु.२७ करोड ९० लाख ६३ हजार बेरुजु बाँकी रहेकामा आव २०७९/०८० सम्मको अद्यावधिक बेरुजु रु. २८ करोड ३४ लाख ३३ हजार छ । खनियाँवास गाउँपालिकाको आव २०७९/०८० को लेखापरीक्षणबाट रु. १० करोड २३ लाख ७७ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा नौ करोड ४३ लाख २५ हजारको प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रु. ५२ लाख ४९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. २० लाख तीन हजार र पेस्की बाँकी रु. आठ लाखसमेत रु.८० लाख ५२ हजार छ । गत वर्षसम्म रु.१५ करोड ७८ लाख ७७ हजार बेरुजु बाँकी रहेकामा आव २०८०/०८१ सम्मको अद्यावधिक बेरुजुु रु.१६ करोड ५८ लाख ३१ हजार छ । गल्छी गाउँपालिकाको आव २०७९/०८० को लेखापरीक्षणबाट रु. चार करोड २५ लाख ६५ हजार बेरुजु देखिएको छ ।
सो सम्बन्धमा दुई करोड ५९ लाख ८६ हजारको प्रतिक्रिया प्राप्त भएकामा सोउपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रु. ३३ लाख १६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु.७८ लाख ७० हजार, नियमित गर्नुपर्ने रु. ५१ लाख ९३ हजार र पेस्की बाँकी रु. दुई लाखसमेत रु. एक करोड ६५ लाख ७९ हजार छ । गत वर्षसम्म रु.२२ करोड २२ लाख १० हजार बेरुजु बाँकी रहेकामा आव २०७९/०८० सम्मको अद्यावधिक बेरुजु रु.२५ करोड ६५ लाख ७० हजार छ । पालिकाले आर्थिक गतिविधि गर्दा ऐन–कानुनमा ध्यान नदिँदा हरेक वर्ष बेरुजु थपिँदै गएको छ । आवश्यक कागजातबेगर भुक्तानी दिने, विद्यमान ऐन–कानुनलाई बेवास्ता गरी भुक्तानी दिने, पेस्की समयमै फस्र्याेट नगर्ने र काम नसक्दै भुक्तानी दिने गर्दा बेरुजु बढेको हो ।
प्रतिक्रिया