स’कारीको बचत रकम ठगी देशभरि फैलिएपछि न्वाँकोट पनि अछुतो रहने कुरै भएन । ठगीका रापतापले जिल्लाका नाम चलेका केही स’कारी चल्न नसक्ने अवस्थामा पुग्दा पनि स’कारी सङ्घ भने असर छैन भन्दै तैँ चुप/मै चुप बस्दा बचतकर्ता चेपुवामा पर्ने भैहाले । सङ्घका पदाधिकारीले ठगीको घटना छोपछाप गर्न खोजे पनि केही स’कारीका सञ्चालक र पीडितहरू नियमन गर्ने तालुक अड्डा प्रदेश हुँदै कानुनी उपचारका लागि अदालतको ढोका ढकढक्याउन बाध्य छन् । घटना लुकाउन अझै सङ्घका महोदयहरूले बचत फिर्ता गर्न नसकेका स’कारीलाई कुरो बाहिर नल्याउन दबाब दिएपछि कुरो गहिरो रेछ भनी ‘तेस्रो आँखा’ त खोल्नैप¥यो । कहीँ यिनीहरू पनि संलग्न छन् कि भन्दै सञ्चालक र बचतपीडित प्रहरी प्रशासनमा गए भने आसर्जे नमाने हुन्छ है !