धुन्चे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रसुवा, महिला तथा सांस्कृतिक विभागले हरितालिकाका अवसरमा शुभकामना तथा तिज मिलन कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
सो अवसरमा प्रमुख अतिथि नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन सदस्य ऋतुपेमा तामाङले तिजलाई भड्किलो पाराले भन्दा पनि आपसी सद्भाव र मितव्ययी ढङ्गले मनाउनुपर्नेमा जोड दिइन् । सङ्गठनको कार्यालय भवन धुन्चेमा सङ्गठनका अध्यक्ष आङ्माया शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक तथा स्थानीय महिलाको उल्लेख्य सहभागिता थियो । अध्यक्ष शेर्पाले तिजको मौलिकता र सांस्कृतिक मूल्य संरक्षणका लागि सबै क्षेत्रबाट मितव्ययी ढङ्गले मनाउनुपर्नेमा जोड दिइन् । जिल्ला प्रहरी कार्यालय रसुवामा पनि सोही दिन तिज कार्यक्रम आयोजना गरिएको थियो ।