तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २७ भाद्र २०८१, बिहीबार १२:१२
Buddha Eyes

‘गाउँ–गाउँमा सरकार, घर–घरमा ट्र्याक्टर’ भन्ने नयाँ उखान नुवाकोटमा चलेको दुई–चार वर्ष भो । त्यसैले त जिल्लामा खेतबारी जोत्ने गोरू जोगाउन पशु कार्यालयलाई हम्मेहम्मे प¥या कुरो ‘तेस्रो आँखा’ले नदेख्ने कुरै भएन । विज्ञान र प्रविधिसँगै उपकरणको प्रयोगलाई विस्तार गर्न तीन तहका सर्कारले अनुदानमा वितरण गरेको ट्र्याक्टरले उत्पादन बढाउनुपर्नेमा घटाउँदा कृषि प्राविधिक ट्वाँ परेको पनि देख्नुप¥यो । सरकारले विगतमा बाँडेका ट्र्याक्टरको अवस्था बुझ्दै नबुझी बस्र्युनी वितरणलाई प्राथमिकता दिँदा कृषि उत्पादनमा आत्मनिर्भरता कुन चराको नाम हो, बुझ्न गाह्रो छ । उत्पादन नबढेपछि अडिटर सा’बहरूले बेरुजु निकाल्दा अख्तियारलाई हाइसन्चो भएकै छ । सङ्घीय सरकारले विगतमा मुर्रा भँैसी ल्याएको हल्लीखल्ली हुँदा न्वाँकोटाँ भने माघेसङ्क्रान्तिमा जुधाइने गोरू मेड इन चाइनाको झिकाउन जिल्लाका केही पालिकाले बजेट निकासा गरे आसर्जे नमाने भो ।