+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट कलाकार समाज गठन

नुवाकोट कलाकार समाज गठन
त्रिशूली प्रवाह
२ साल अगाडी
  • रमेश सिलवाल

बालाजु । नुवाकोट क्षेत्रका कलाकारको एकता र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोट कलाकार समाज गठन गरिएको छ । काठमाडौँ बालाजुस्थित भ्याली कोल्डस्टोर मन्डला क्याफेमा शनिबार आयोजित विशेष बैठकले प्रचण्डबाबु राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नवगठित कार्यसमितिका उपाध्यक्षमा रामचन्द्र रिमाल, सचिवमा सुनील थापामगर, कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ तथा सदस्यमा प्रवीण डङ्गोल, साहस शाक्य, सुजित श्रेष्ठ, ध्रुव तामाङ, पवित्र गुरुङ, शैलेन्द्र शाही, सन्तोषी कार्की, सन्दीपसिंह थिङ र प्रेम राई चयन भएका छन् । यस्तै, कानुनी सल्लाहकारमा गोकर्ण पुडासैनी तथा सल्लाहकारमा दामोदर खतिवडा, उसनमान श्रेष्ठ र पुरुषोत्तम डङ्गोल चयन भएका छन् । समाजका नवनिर्वाचित अध्यक्ष राईले कलाकारका हकहितमा समाजले निरन्तर काम गर्दै कलाकारको पहिचान र कलाको जगेर्ना गर्ने बताए । उनले कलाकारको रचना उजागर गर्न र समाजमा सांस्कृतिक चेतना फैलाउन विशेष कार्यक्रम सञ्चालन गरिने योजना पनि प्रस्तुत गरे । समाजले कलाकारको सामाजिक र आर्थिक सशक्तीकरणमा समेत ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह