- रमेश सिलवाल
बालाजु । नुवाकोट क्षेत्रका कलाकारको एकता र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोट कलाकार समाज गठन गरिएको छ । काठमाडौँ बालाजुस्थित भ्याली कोल्डस्टोर मन्डला क्याफेमा शनिबार आयोजित विशेष बैठकले प्रचण्डबाबु राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित कार्यसमितिका उपाध्यक्षमा रामचन्द्र रिमाल, सचिवमा सुनील थापामगर, कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ तथा सदस्यमा प्रवीण डङ्गोल, साहस शाक्य, सुजित श्रेष्ठ, ध्रुव तामाङ, पवित्र गुरुङ, शैलेन्द्र शाही, सन्तोषी कार्की, सन्दीपसिंह थिङ र प्रेम राई चयन भएका छन् । यस्तै, कानुनी सल्लाहकारमा गोकर्ण पुडासैनी तथा सल्लाहकारमा दामोदर खतिवडा, उसनमान श्रेष्ठ र पुरुषोत्तम डङ्गोल चयन भएका छन् । समाजका नवनिर्वाचित अध्यक्ष राईले कलाकारका हकहितमा समाजले निरन्तर काम गर्दै कलाकारको पहिचान र कलाको जगेर्ना गर्ने बताए । उनले कलाकारको रचना उजागर गर्न र समाजमा सांस्कृतिक चेतना फैलाउन विशेष कार्यक्रम सञ्चालन गरिने योजना पनि प्रस्तुत गरे । समाजले कलाकारको सामाजिक र आर्थिक सशक्तीकरणमा समेत ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया