सुजुकीको ‘दसैँ आयो, क्यास पायो’ अफर

  • त्रिशूली प्रवाह
  • १८ आश्विन २०८१, शुक्रबार १२:०९
  • रमेश सिलवाल

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले ‘दसैँ आयो, क्यास पायो’ स्किम ल्याएको छ । कम्पनीले चाडपर्वको अवसर पारेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकका लागि सो उपहार ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा एसएमएस गरी न्यूनतम रु. सात हजारदेखि पाँच लाखसम्म तुरुन्तै नगद पाउनेछन् । साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा छ । कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरमा पाँच वर्षको वारेन्टी र पञ्चवर्षीय फ्री सर्भिस सुविधा पनि ल्याएको छ । सुजुकीको नुवाकोट, रसुवामा आधिकारिक विक्रेताका रूपमा १० वर्षदेखि उत्सुक अटोमोबाइल्स बट्टारमा सञ्चालनमा छ । अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चढ्दा पाँच वर्षसम्म ढुक्क हुन सकिने कम्पनीले जनाएको छ । ‘दसैँ मनाआँै र नगद पाई खुसी हौँ’ भन्ने मूल मन्त्र रहेको सुजुकीको योजनाले ग्राहकको मन जितिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।