Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

एक कारुणिक दृश्यको स्मरण

एक कारुणिक दृश्यको स्मरण
त्रिशूली प्रवाह
१ साल अगाडी
  • रामहरि रिमाल बाजे

वि.सं. २०४७ को आन्दोलनको हल्लाखल्ला चलेकै बेला म घाँटीमा घाउ आएर जेएल वैद्यसँग अप्रेसन गराउन पाटन अस्पताल गएको थिएँ । अप्रेसन सकेर म बस स्टपमा जाँदै थिएँ । त्यहाँ गेटमै ठुलो जनसमुदायले पञ्चायतविरोधी नारा लगाउँदै साझा बस रोक्ने प्रयास गर्यो, तर गाडी रोकिएन । त्यस भिडले बसमा आक्रमण गरेर चकनाचुर बनायो, ड्राइभर घाइते भए ।

म त्यतैबाट पैदलै हिँडेरै मंगलबजार हुँदै पाटनढोका पुगेको थिएँ । त्यहाँ ललितपुरका महिला मात्र थिए । सबैका हातमा कुटो, कोदालो, हँसिया, खुर्पादेखि ठडौरो, डाडु, आग्लो, ताला, पन्यु, कुचो, खरेटो थियो र ती जुलुसमा थिए । प्रहरी मूकदर्शक थियो । बागमती पुलसम्मै बन्द थियो । काठमाडौँ ठमेलसम्म उर्लेको जनविद्रोहले सिङ्गै राजधानी कब्जा गरेको थियो । पाँच दिनपछि घाउको टाँका काट्न र पट्टी फेर्न जाँदा प्रहरीका बुथ सबै भत्केका थिए । उता ललितपुरपट्टिका प्रहरी सबै जनताको घेरामै कैद थिए । ती भोक र तिर्खाले शिथिल भई जनतासँग आत्मसमर्पण गरेर ‘ब्यारेकमा फर्कन पाऔँ’ भनेर बाटो पाउनका लागि बिन्ती गर्दै थिए । यो कारुणिक दृश्य बागमती पुलदेखि लगनखेलसम्मको मात्र हो ।
यता कान्तिपुरपट्टि त्यसरी प्रहरी कब्जामा थिएन । आफूलाई वरिष्ठ काङ्ग्रेसी भन्नेहरू बत्ती निभाएर झ्याल र छतबाट हेर्थे । अल्पशिक्षित जनता र क्रान्तिकारी वामपन्थीले राँकेजुलुसदेखि प्रहरीका बुथ कब्जा गरेर मण्डलेको सातो लिएको हेर्दै हातमा पाटन अस्पतालको पुर्जा लिएर म ओहोरदोहोर गरिरहेको थिएँ । त्यसबेलामा अञ्चलाधीश विष्णुमणि आचार्य बाजेबाट पालित राष्ट्रवादी मण्डलेहरू सबैले चिनेका सीमित मात्र थिए । तर, आज शालिकराम बाजेका ठाउँमा होलीवाइनदेखि ७७रै जिल्लामा सबै जात, थर र गोत्रका राज्य पुनस्र्थापना गर्ने आश्वासन बाँडेरै घरघरमा फुट गर्ने महामण्डलेले आजका प्राडासम्मलाई दास बनाएका छन् । खै के, खै के ।

विदुर–४, बागवानी, ढुङ्गे, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह