+
Search

ताजा अपडेट +

पपुलर +

रेडबुल पिउँदा रसुवाका डिल्ली र बलरामलाई टिभी र मोबाइल

रेडबुल पिउँदा रसुवाका डिल्ली र बलरामलाई टिभी र मोबाइल
त्रिशूली प्रवाह
१ साल अगाडी

बेत्रावती । सरस बेभरेज प्रा.लि.को उत्पादन रेडबुल पिउँदा रसुवाका दुईजनाले हजारौँ मूल्यको टिभी र मोबाइल प्राप्त गरेका छन् । कम्पनीको ‘लाखौँ क्यानमा छन्, करोडौँ पुरस्कार’ योजनाअन्तर्गत रसुवा जिबजिबेका उपभोक्ता दिल्लीराज पौडेलले ४३ इन्चको स्मार्ट टिभी र रसुवा टिमुरेका उपभोक्ता बलराम लोले रेडबुल खरिद गर्दा सामसुङ ए १५ मोबाइल प्राप्त गरेका छन् ।

टिभी र मोबाइल गत हप्ता बेभरेजका रिजनल सेल्स म्यानेजर चिरञ्जीवी पौडेल र रेडबुल नुवाकोटका आधिकारिक वितरक एसके सप्लायर्स बेत्रावती नुवाकोटका प्रोपाइटर हरिकृष्ण डङ्गोलले विजेतालाई सामूहिक रूपमा हस्तान्तरण गरेका थिए । यस योजनामा उपभोक्ताले पुरस्कारमा नगद, मोबाइल फोन, टेलिभिजन सेट, स्कुटर र कारसमेत जित्न सक्नेछन् । रेडबुल प्युरेस कार फुलअन्तर्गत रेडबुल क्यानको पुलअप रिङ खोल्दा बजारमा धेरै पुरस्कार जित्ने सम्भावना रहेको छ । हरेक दिन हरेक महिना पाँच हजारदेखि १० हजारको दाबी लिने बढ्नुका साथै अन्य साना पुरस्कारमा निःशुल्क रेडबुल, रुपैयाँ दुई सय, पाँच सय र हजार जित्ने उपभोक्ता बढेको सङ्ख्याले आफूहरूलाई थप हौसला मिलेको रेडबुल नुवाकोटका आधिकारिक वितरक डङ्गोलले बताए ।

साथै, हरेक रेड्बुल बिक्री केन्द्रबाट सजिलै उपभोक्ताले यी पुरस्कार दाबी गर्न सक्नेसमेत उनले बताए । एक वर्षअघि नवलपुरमा ठुलो लगानीका साथ अत्याधुनिक कारखाना सञ्चालनमा ल्याएको खेतान समूहले विगतमा रेड्बुल क्यास फुल तथा रेडबुल प्राइज फुल योजना सफल रूपमा सञ्चालन गरिसकेको छ । बेभरेजका महाप्रबन्धक निर्भीक प्रधानका अनुसार उक्त उद्योगले नेपालमा आन्तरिक उत्पादकत्व बढाउनुका साथै अर्थतन्त्रमा प्रत्यक्ष योगदान गर्दै आएको छ । नेपालमै उत्पादित रेडबुलमा असली इनर्जीका साथै लाखौँ क्यानमा करोडौँको पुरस्कार रहेकाले रेडबुलले बजारमा आफ्नो उपस्थिति देखाउनुका साथै उपभोक्ताको ब्रान्डप्रतिको विश्वास पुनः जित्न सफल भएकोमा गर्व लागेको महाप्रबन्धक प्रधानले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह