+
Search

ताजा अपडेट +

पपुलर +

विजया दशमीको टीका ११ः३६ मा शुभ

विजया दशमीको टीका ११ः३६ मा शुभ
त्रिशूली प्रवाह
१० महिना अगाडी

काठमाडौँ । यस वर्षको विजयादशमीको साइत पञ्चाङ्ग निर्णायक समितिले गत हप्ता सार्वजनिक गरेको छ । समितिले नेपालमा असोज २६ गते बिहान ११ः३६ बजे दसैँको टीका लगाइने साइत शुभ रहेको र विश्वभरका अन्य देशको समयअनुसार साइत रहेको जनाएको छ । विश्वभर फैलिएका र ती देशमा रहेका नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले सो निर्णय गरेको हो ।

समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत दिएको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्यसचिव लक्ष्मण पन्थीले जानकारी दिए । यसैगरी नयाँदिल्ली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्युयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ९ः४५, टेक्सस, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ । त्यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५ र भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्यसचिव पन्थीले बताए । टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५, सिड्नी, अस्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१, मेलबर्न अस्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७, ब्रिसबेन, अस्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्यानबेरा, अस्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५, वेलिङ्टन, न्युजिल्यान्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिए ।

लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४, लन्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधाबी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्यान्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ९ः१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ९ः१६, सिंगापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङकङका लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुुन, म्यान्माका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्विट्जरल्यान्डका लागि १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताए । वैदिक सनातन हिन्दु धर्मावलम्बी विश्वभर फैलिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह