देश र सङ्घीय व्यवस्था नेता र व्यापारी मिलेर सिध्यायौँ भन्नेलाई न्वाँकोटका व्यापारीको संस्थाले सघाउँदै गरेको तेस्रो आँखाले पत्ता नपाउने कुरै भएन । उद्योगी–व्यवसायीको नेतृत्व गर्ने संस्थाले प्रशासन र साल्ट ट्रेडिङकै पक्षमा काम गर्ला भनेर कसले विश्वास गर्ने ? आशा–भरोसा गरेका व्यवसायीलाई नेतृत्वको गतिविधिले दसैं टार्न भन्दा पनि व्यापार नभएकामा परेको चिन्ता कसलाई के थाहा ! कुरो के रहेछ भने, वर्षभरि नभएको व्यापार दसँैमा कुम्ल्याउँला भनी लगानी थपेर आसमा बसेका व्यापारीको सपना चकनाचुर भएको यिनै आँखाले देख्नुप¥यो । स्थानीय तह र प्रशासन मिलेर व्यवसायीलाई घात गरेको महसुस सुपथ मूल्यको पसल सञ्चालन गरेपछि बट्टार र देवीघाटका व्यवसायीलाई सङ्घको सदस्यता भारी भएको थोक तथा खुद्रा व्यापारीले महसुस गर्न थालेका छन् । सङ्घले गरेको सहयोगलाई साल्ट ट्रेडिङले उच्च कदर गर्दै अर्याल म्याडमले तिनका पदाधिकारीलाई दसैंपछि बैंकक/सिङ्गापुर घुमाउन लैजानुभयो भने अचम्म नमाने हुन्छ है सिडियो सा’ब !
तेस्रो आँखा
१० महिना अगाडी

प्रतिक्रिया