विदुर । प्रहरीले कञ्चनपुर, वेदकोट-१ बस्ने अन्दाजी ५९ वर्षीय डम्बरसिंह विष्टले झोलामा लुकाइछिपाई ल्याएको बिलबिनाको करिब रु. ६७ लाख मूल्यबराबरको मोबाइल बरामद गरेको छ । नुवाकोट, बेलकोटगढी–५, अस्थायी प्रहरी पोस्ट कोल्पुटारअगाडि गल्छी-त्रिशूली सडकखण्डमा प्रहरी अधिकृतसहितको टोलीले सोमबार गल्छीबाट त्रिशूलीतर्फ आउँदै गरेको सवारीसाधन जाँच गर्ने क्रममा ११ कम्पनीका रु. ६६ लाख ८९ हजार आठ सय मूल्यका ८९ थान मोबाइल फेला पारेको थियो ।
बा.३ख ८६१२ नम्बरको हायस गाडीमा आएका अभियुक्त विष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तिलक भारतीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताए । नुवाकोट जिल्लामा विगत एक वर्षदेखि बिलबिनाका लाखौँको मोबाइल बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले निगरानी बढाएपछि सोमबार उक्त रकमबराबरका मोबाइल बरामद भएका हुन् । जिल्लामा बिलबिनाका लाखौँको मोबाइल बिक्रीका लागि व्यवसायीले ल्याएको नाम नबताउने सर्तमा एक व्यवसायीले बताए ।
प्रतिक्रिया