तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ८ कार्तिक २०८१, बिहीबार १३:४२

सत्ताधारी एमालेका केन्द्रीय नेत्रीद्वयले आ-आफ्नो फेसबुके मोहले स्पष्टीकरणको टेन्सन भोग्नुपर्या छ । एमाले विदुरको गढ मानिने वडा नम्बर ४ को अधिवेशन ६ महिनापछि हुँदा पनि नेतृत्व चयन गर्न नसक्दा कँडहरूलाई गुटको भुतले नछाडेको तेस्रो आँखाले देखिहाल्यो । हिजोको गढ बनेका वडा, प्रदेश र सङ्घको गत निर्वाचनमा नेता महोदयलाई मतदाताले नपत्याउँदा घन्टीभन्दा पनि कम मत आउँदा नेतृत्वलाई पिरलो । वडामा नेतृत्व चयन गर्न नसक्नेलाई मिसन चौरासीमा के हुने हो भन्ने चिन्तैचिन्ताले जिल्ला अध्यक्षको पनि तौल घटेको त्रिनेत्रले देखिहाल्यो । प्रदेश र केन्द्रीय नेतृत्वको राम्रै मूल्याङ्कन हुँदा पाँडे कँडलाई जिल्ला इन्चार्जको भारी बोक्नुपर्दा ठसठस नहुने कुरै भएन ।