+
Search

ताजा अपडेट +

पपुलर +

रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न
त्रिशूली प्रवाह
७ महिना अगाडी

हेटौँडा । नेपाली सेनाको मध्यपृतना हेटौँडामा गत हप्ता रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न भएको छ । यही कात्तिक ४ देखि ८ गतेसम्म सञ्चालन भएको तालिममा नेपाली सेना, मध्यपृतना क्षेत्रअन्तर्गतका जिल्लाका छापा, अनलाइन, टेलिभिजन र रेडियोका १५ पत्रकार तथा संवाददाता सहभागी थिए ।

तालिमको उद्घाटनका क्रममा मध्यपृतनापति उपरथी प्रदीपजङ्ग केसीले सेनाको संविधानले दिएको जिम्मेवारी निर्वाह गर्दै राष्ट्रिय एकता र राष्ट्रिय हित प्रवद्र्धनमा काम गरिरहेको बताउँदै यसमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताए । तालिममा जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले सहभागी सञ्चारकर्मीसँग अन्तत्र्रिmया गरेका थिए । सोही अवसरमा लामो समयदेखि नेपाली सेनाका रेडियो र टेलिभिजन कार्यक्रम प्रसारण गर्ने जिम्मेवारीमा रहेका एफएम तथा टेलिभिजनका निर्देशक सातजनालाई कदरपत्र प्रदान गरिएको थियो । अभिमुखीकरणमा नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी र भूमिका एवम् मुख्य गतिविधिबारे जानकारीमूलक प्रस्तुतीकरण र अन्तक्र्रियात्मक सत्र समावेश थिए । सहभागीलाई नेपाली सेनाको कमान्डमा रहेको चितवन राष्ट्रिय निकुञ्ज, मकवानपुरगढी, द्रुतमार्ग भ्रमणमा लगिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह