एमाले नुवाकोटबाट काठमाडौँवासी १७९ नेतालाई जिल्लाको जिम्मेवारी

  • त्रिशूली प्रवाह
  • १४ कार्तिक २०८१, बुधबार १३:४५

विदुर । नेकपा (एमाले) जिल्ला कमिटी नुवाकोटको शुक्रबार बट्टारमा सम्पन्न दोस्रो पूर्ण बैठकले क्षेत्र, प्रदेश, वडा र जनसङ्गठनका संयोजक, इन्चार्ज, सचिवको कार्यविभाजन गरेको छ । पार्टीका अध्यक्ष बद्रीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न बैठकमा स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, जिल्ला इन्चार्ज केशवराज पाण्डेलगायतको उपस्थिति थियो । जिल्लाको भूगोलमा बसेर काम गर्नेभन्दा पनि अधिकांश काठमाडौँ उपत्यकामा घर भएका तथा व्यवसाय र जागिर गरिरहेका जिल्ला कमिटीका एक सय ७९ नेतालाई बैठकले जिम्मेवारी तोकेको छ ।

बैठकले निर्वाचन क्षेत्र नम्बर १ का संयोजकमा सुशीलकुमार खड्का र सचिवमा नमराज अधिकारीलाई जिम्मेवारी दिएको छ । दुप्चेश्वर–७ शिखरबेँसी घर भएका खड्का सानैदेखि समाजसेवासँगै राजनीतिमा लागेका थिए । उनले पार्टीे राजनीति भने २०४८ सालपछि नेपाली काङ्ग्रेसबाट गरेका थिए । गत स्थानीय निर्वाचनमा काङ्ग्रेस छाडेर एमाले प्रवेश गरेका उनी काङ्ग्रेसको १४औँ महाधिवेशनबाट काङ्ग्रेस क्षेत्र नम्बर १, प्रदेश ‘क’ का सभापति निर्वाचित भएका थिए । काङ्ग्रेसभित्र रहेको केसी समूहको साम्राज्य तोडेका खड्कालाई पार्टीले चिन्न नसकेको काङ्ग्रेसजन नै बताउँछन् । उनले आफूलाई परेको अन्याय र अत्याचार सहे पनि पार्टीभित्र रहेका साथीहरूलाई अन्याय भएपछि गत स्थानीय तहको निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । योविन्द्रसिंह तामाङलाई काङ्ग्रेसले दुप्चेश्वर गाउँपालिकाका अध्यक्षको टिकट नदिएपछि तामाङसहित झन्डै एक दर्जन नेतालाई लिएर खड्का एमाले प्रवेश गरेका थिए । तामाङ फेरि काङ्ग्रेसमा फर्किएर सक्रिय राजनीति गरिरहे पनि खड्का भने एमाले राजनीतिमा जमिरहेका छन् ।

खड्काले गर्ने सामाजिक कामले सबैको मन जितिरहेको छ । सानालाई माया र ठुलालाई सम्मान भन्ने मान्यता राख्ने उनलाई बालकदेखि वृद्धसम्मले चिन्छन् । आफ्नै हजुरबुबाको प्रेरणाले आफू राजनीतिमा आएको खड्का बताउँछन् । उनी गत २०७९ को प्रदेश निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १, प्रदेश सभा ‘ख’ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए । उक्त बैठकले क्षेत्र नम्बर २ का संयोजकमा सम्मिरबहादुर आलेमगर र सचिवमा विष्णु दाहाललाई जिम्मेवारी दिएको छ । क्षेत्र नम्बर १ प्रदेश ‘क’ को संयोजकमा श्याम लामा र सचिवमा कृष्ण खतिवडा, क्षेत्र नम्बर १ प्रदेश ‘ख’को संयोजकमा श्यामराज पाठक र सचिवमा कमला पाण्डे, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’को संयोजकमा गणेश खतिवडा र सचिवमा अपार बोहरा, उक्त क्षेत्रको प्रदेश ‘ख’को संयोजकमा अरुणकुमार श्रेष्ठ र सचिवमा गंगामाया तामाङ छन् ।

बैठकले पार्टीमातहतका जनसङ्गठन इन्चार्जको कार्य विभाजनसमेत गरेको छ । सोअनुसार अखिल नेपाल महिला सङ्घको इन्चार्जमा रूपा सापकोटा, नेपाल खेलकुद महासङ्घ (नेकोस) को इन्चार्जमा कमलबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा नवीन प्रधान, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को इन्चार्जमा विष्णुहरि रिमाल, राष्ट्रिय युवा सङ्घ नेपालको इन्चार्जमा रमेशरमण खनाल, मानव अधिकार तथा सामाजिक न्याय मञ्चको इन्चार्जमा विजयकुमार खनाल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको इन्चार्जमा समीर बलामी, प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) को इन्चार्जमा नमराज तिवारी, प्रेस चौतारी नेपालको इन्चार्जमा विष्णु तारुके, प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनको इन्चार्जमा हरि अधिकारी, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको इन्चार्जमा भीमबहादुर घले, नेपाल बुद्धिजीवी परिषद्का इन्चार्जमा मेघनारायण श्रेष्ठ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको इन्चार्जमा हरि प्याकुरेल, नेपाल उद्योग तथा व्यवसायी महासङ्घको इन्चार्जमा लेनिन रञ्जित, नेपाल उत्पीडित जातीय मुक्ति समाजका इन्चार्जमा बद्रीबहादुर मिजार, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको इन्चार्जमा विजयकुमार तामाङ, राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको इन्चार्जमा डिल्लीरमण सिग्देल, अखिल नेपाल किसान महासङ्घको इन्चार्जमा प्रह्लाद खतिवडा, भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको इन्चार्जमा कल्पना न्यौपाने, रिटर्नी फेडेरेसन नेपालका इन्चार्जमा अम्बिका नेपाल, पेसागत महासङ्घ नेपालका इन्चार्जमा देविका घिमिरे हुनुहुन्छ ।

जिल्ला कमिटी सचिवालयका अध्यक्षमा मैनाली, उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिवकुमार चित्रकार, उपसचिवमा राजेन्द्रप्रकाश पाण्डे, उपसचिवमा रूपा सापकोटा र सचिवालय सदस्यमा सम्मरबहादुर आलेमगर, हरि अधिकारी, अरुणकुमार श्रेष्ठ, श्याम लामा, श्यामराज पाठक, विजयकुमार खनाल, दीपक कायस्थ, टलकमान श्रेष्ठ, गणेश खतिवडा, रमेशरमण खनाल, दीपक कार्की, चन्द्रबहादुर श्रेष्ठ बलामी, लेनिन रञ्जित, बद्रीबहादुर मिजार, बच्चुमाया सुनारी मगर, सुशीलकुमार खड्का, मेघनारायण श्रेष्ठ, केशरबहादुर विक, हरिबहादुर प्याकुरेल, प्रह्लाद खतिवडा, नवराज तिवारी, विष्णु दाहाल, नवीन प्रधान, अम्बिका नेपाल, नारायणप्रसाद रिमाल, विष्णु तारुके, कोपिला भट्ट, कल्पना न्यौपाने, कमला पाण्डे, अम्बिका तामाङ छन् ।

त्यस्तै जिल्ला कमिटी सदस्यलाई भूगोल वडा इन्चार्ज तोकिएको छ । कमिटीका उपसचिव राजेन्द्र पाण्डेका अनुसार विदुर–१ को इन्चार्जमा अर्जुनप्रसाद पाण्डे, २ मा दीपक कायस्थ, ३ मा इन्द्रप्रसाद अधिकारी, ४ मा टलकमान श्रेष्ठ, ५ मा दीपक कुमाल, ६ मा हरिशरण गजुरेल, ७ मा सुशील पण्डित, ८ मा कमलबहादुर श्रेष्ठ, ९ मा प्रह्लाद खतिवडा, १० मा मुकुन्द नेपाल, ११ मा हरिबहादुर प्याकुरेल, १२ मो अम्बिका तामाङ र १३ मा राजकुमार तामाङलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी बेलकोटगढी–२ का इन्चार्जमा सन्तबहादुर तामाङ, २ मा दीपिका तिमिल्सना, ३ मा नारायणप्रसाद खनाल, ४ मा विष्णु दाहाल, ५ मा अनन्तराम नेपाल, ६ मा अम्बिका तामाङ, ७ मा नारायणप्रसाद नेपाल, ८ मा बाबुराम गजुरेल, ९ मा सूर्यबहादुर तामाङ, १० मा सरस्वती उप्रेती, ११ मा नवराज तिवारी, १२ मा डिल्लीराम सिलवाल, १३ मा रमेशरमण खनाल छन् । त्यसैगरी, तारकेश्वर–१ को इन्चार्जमा हरि अधिकारी, २ मा कोपिला भट्ट, ३ मा सम्मरबहादुर आलेमगर, ४ मा केशवप्रसाद घिमिरे, ५ मा देवकी अधिकारी र ६ मा नारायणप्रसाद रिमाल छन् । बैठकले म्यागङ–१ को इन्चार्जमा श्रीकृष्ण आलेमगर, २ मा मेघनाथ तामाङ, ३ र ४ मा नारायण तामाङ तथा ५ र ६ मा गंगामाया तामाङलाई जिम्मेवारी दिएको छ । किस्पाङ–१ का इन्चार्जमा लालहिरा भट्ट, २ मा कुमार न्यौपाने, ३ मा उद्धव खतिवडा, ४ मा सेर्कु तामाङ, ५ मा बिन्दा तिमिल्सिना छन् । तादी–१ र २ को इन्चार्जमा प्रेमबहादुर तामाङ, ३ र ४ मा मेघराज लामिछाने, ५ मा सरस्वती खनाल र ६ मा विजय खनाल छन् । त्यस्तै, सूर्यगढी–१ को इन्चार्जमा बुद्धिमान तामाङ, २ मा नमराज अधिकारी, ३ मा शारदा अधिकारी, ४ मा विमला कार्की र ५ मा नारायण गिरी छन् । पञ्चकन्या–१ को इन्चार्जमा रामनारायण श्रेष्ठ, २ मा धु्रव मिश्र, ३ मा मनिका थापा, ४ मा अर्जुन कार्की, ५ मा दीपक कार्की छन् । ककनी–१ को इन्चार्जमा समीर बलामी, २ मा सरिता मोक्तान, ३ मा चन्द्रबहादुर श्रेष्ठ बलामी, ४ मा लजिता लामा, ५ मा सोनाम लामा, ६ मा राजकुमार लामा तथा ७ र ८ मा श्यामराज पाठक छन् ।

त्यसैगरी लिखु–१ को इन्चार्जमा कमला पाण्डे, २ मा शान्ति राई, ३ मा मेघनारायण श्रेष्ठ, ४ मा भीमबहादुर घले, ५ मा केशरबहादुर विक र ६ मा सुमन पाठक छन् । त्यस्तै, दुप्चेश्वर–१ र २ को इन्चार्जमा विजयकुमार तामाङ, ३ र ६ मा सुशीलकुमार खड्का, ४ र ७ मा बोजबहादुर तामाङ र ५ मा कृष्ण खतिवडा तथा शिवपुरी–१ र २ को इन्चार्जमा श्याम लामा, ३ मा उमा थापा, ४ र ५ मा मधुसूदन अधिकारी, ६ मा दुर्गा पुडासैनी, ७ मा राजेन्द्र ओली र ८ मा रोजिना राई छन् । बैठकले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा मैनाली, स्थानीय विकासमा राजेन्द्ररमण खनाल, सङ्गठनमा शिवकुमार चित्रकार, जनसङ्गठनमा राजेन्द्रप्रकाश पाण्डे, वित्त तथा कोष व्यवस्थापन विभागमा दीपक कार्की, स्कुल विभागमा मुकुन्द नेपाल, सहकारी तथा गरिबी निवारण विभागमा कोपिला भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागमा चन्द्रबहादुर बलामी, कृषि तथा पशुपन्छी विकास विभागमा धु्रव मिश्र, खानेपानी तथा सरसफाइ विभागमा बच्चुमाया सुनारी मगर, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा दीपक कायस्थ, उपभोक्ता हित संरक्षण तथा सुशासन विभागमा गीता तिमिल्सिना, भूमि व्यवस्था विभागमा धनमाया सुनार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा नारायणप्रसाद रिमाल, युवा तथा खेलकुद विभागमा हरिशरण गजुरेल, राष्ट्रिय हित तथा सुरक्षा विभागमा रेखा लाखा, वन तथा वातावरण विभागमा कमला अधिकारी, विपत् तथा स्वयम्सेवक विभागमा अम्बिका तामाङ, शिक्षा तथा मानवस्रोत विभागमा पवित्रा मुडभरी, श्रम तथा रोजगार विभागमा केशरबहादुर विक, सामाजिक सेवा विभागमा प्रेमबहादुर तामाङ, सामाजिक सुरक्षा तथा समाज कल्याण विभागमा इन्दिरा अधिकारी र साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा सीता नेपाली छन् ।