+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
७ महिना अगाडी

तीन तहका सरकार अस्थिर भइरहँदा सङ्घीयता धर्मराए पनि स्थायी सरकार भनाउँदो नुवाकोटका पालिकामा भने लेखा र हाकिमबिच चलेको शीतयुद्धले जनप्रतिनिधिलाई कम्ती रमाइलो भइराख्या छैन । कर्मचारी संयन्त्रको खटपटले सेवाग्राही जनता मारमा परेको तेस्रो आँखाले चाल नपाउने कुरै भएन । पालिकामा सङ्घ र प्रदेशमातहतका कर्मचारीको रणमैदान हुँदा बेरुजु र बेथितिको भो नकुरा गरम् । हाकिम सा’प सङ्घ र लेखा सा’प प्रदेशबाट खटाइएपछि जनप्रतिनिधिले आफूअनुकूल काम गराउन नसक्दा एक वर्षमा चार गोटासम्म हाकिम सरुवा हुँदाको लेखाजोखा कसले गरिदिने ? किस्पाङ र लिखुमा चालू आवकै तीन महिनामा तीन हाकिम फेरिसकिए । तलपभत्ता खर्च भए पनि विकास खर्च ढुकुटीमै थन्किँदा तथाकथित सङ्घीयताको पुल भनिएको जिल्ला समन्वय समिति पनि बेखबर भएको त्रिनेत्रले चाल पाइहाल्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह