+
Search

ताजा अपडेट +

पपुलर +

२१० महिलाबाट महिला सैन्य आधार तालिम पूरा

२१० महिलाबाट महिला सैन्य आधार तालिम पूरा
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नेपाली सेनाको सबैभन्दा ठुलो र पुरानो सैन्य तालिम केन्द्र विदुर नगरपालिका–४ मैथली क्याम्प त्रिशूली ब्यारेकमा दुई सय १० महिलाले गत हप्ता सैन्य आधार तालिम पूरा गरेका छन् । सेनाको श्री नं १ सैन्य तालिम केन्द्र मैथली क्याम्प त्रिशूलीमा यही कात्तिक १४ गते सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको सैनिक प्रशिक्षण महानिर्देशनालयका महानिर्देशक उपरथी धुव्रप्रकाश शाहले निरीक्षण गरी सलामी ग्रहणका साथ समापन भएको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सो अवसरमा उपरथी शाहले कठोर परिश्रम र लगनशीलतापश्चात् गौरवमय नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएकामा तालिमका सिपाहीलाई बधाई दिँंदै आउँदा दिनमा सफल सैनिक जीवनको शुभकामना दिनुभएको थियो । उहाँले तालिम सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सम्पूर्ण शिक्षक, अधिकृत, अधिकारी, पदिक तथा बिल्लादार, वरिष्ठ अधिकारीलाई धन्यवादसमेत दिनुभएको थियो । गत वर्ष पुस १७ गतेदेखि सुरू भएको तालिम नौ महिनामा पूरा गरेर उनीहरू सैनिक भएको केन्द्रपति प्रमु्ख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो । सो अवसरमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलगायत जिल्लाका सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख एवं उद्योगीव्यवसायी, समाजसेवी र सैन्यका अभिभावक एवं पूर्वसैनिक कर्मचारीको सहभागिता थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह