देशमा अराजकता, बेथिति र भ्रष्टाचार मौलाइरहँदा पनि जिम्मेवार तहमा बसेका मौन भैदिंँदा जनताले भोगेको सास्तीको भो नकुरा गरौंँ । न्वाँकोटतिर मिलीभगत व्यवसाय फस्टाइरहेको तेस्रो आँखाले चाल नपाउने कुरै भएन । पइसो कमाउनकै लागि बिदेसिने क्रम बढे पनि न्वाँकोटाँ भने चाडपर्व आएपछि सार्वजनिक यातायातका साधनको चुरीफुरी बढ्नु, प्रहरी प्रशासनको नागरिक सहायता कक्ष खुल्नु संयोग मात्र हो कि कोइराला सा’ब । चाडपर्वमा सहज र सहुलियतको अफर सबै क्षेत्रमा चले नि यातायातका साधनको भाडा असुल्ने दादागिरी प्रवृत्ति देखिँदा पनि नागरिकअधिकारकर्मी निदाएरै बसेको त्रिनेत्रले देखिहाल्यो । सर्खारले चाडपर्वमा रूटपर्मिट भएका सवारी साधनका लागि देशभरी गुड्न आवश्यक नपर्ने भने पनि प्रहरी चेकपोस्टमा जाँच कडा नहुनुलाई अर्थपूर्ण छ भनी बुझ्दा कसो होला सिडिओ सा’प ?