+
Search

ताजा अपडेट +

पपुलर +

६ नम्बर बाहिनी अड्डामा महिला सैन्य आधार तालिम सम्पन्न

६ नम्बर बाहिनी अड्डामा महिला सैन्य आधार तालिम सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

धादिङबेँसी । नेपाली सेनाको श्री नं ६ बाहिनी अड्डा धादिङ जिल्लाको गल्छी बैरेनीमा सञ्चालन भएको सिसं २ महिला आधार तालिम यही कात्तिक १४ गते सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा श्री नं ६ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी रोजप्रताप जबराले अन्तिम दलेल कवाज निरीक्षण गरी सलामी ग्रहण गर्नुभएको थियो । बाहिनीपति राणाले कार्यक्षेत्रमा खटी जाँदा देश र जनताप्रति इमान्दारीपूर्वक सेवा गर्न निर्देशन दिनुभयो । तालिममा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा उत्कृष्ट नतिजा हासिल गर्नुभएका सैन्य मनिषा केसी सर्वप्रथम हुनुभयो । सैन्यबाट सैनिक भएका शिक्षार्थीमा कर्णाली प्रदेशका ६७, लुम्बिनी प्रदेशका १२, गण्डकी प्रदेशका ६, बागमती प्रदेशका तिन, कोशी प्रदेशका ६ र सुदूर पश्चिमका ६ प्रतिशत शिक्षार्थी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह